श्रावण २६, २०८३ मंगलबार August 11, 2026

सिरियाका पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला

दक्षिणी प्रान्त डारामा भएको प्रदर्शनमा दमन गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सिरियाको अदालतले पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला सुनाएको छ । गृहयुद्धका बेला युद्ध अपराध र मानवताविरुद्धको अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै मंगलबार अदालतले असदको अनुपस्थितिमा मृत्युदण्डको फैसला सुनाएको हो ।

असदसँगै उनका मामाका छोरा अतेफ नजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । दक्षिणी प्रान्त डारामा भएको प्रदर्शनमा दमन गरेको आरोपमा नजिबलाई मृत्युदण्ड दिइएको समाचार संस्था एएफपीले जनाएको छ ।

एएफपीका अनुसार न्यायाधीशले सजाय सुनाउने बेला नजिबलाई कैदीले लगाउने पोसाकमा बन्द कठघरामा उभ्याइएको थियो । सन् २०२४ को डिसेम्बरसम्म सिरियामा चलेको गृहयुद्धमा पराजित भएपछि असद र उनका भाइ महेर भागेर रुस पुगेका थिए ।

नजिबलाई भने पक्राउ गरिएको थियो । सिरियाली सेनाका ब्रिगेडियर जनरल नजिब भने डारा प्रान्तमा राजनीतिक सुरक्षा शाखाका प्रमुख थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया