श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

संघीय संसद अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक बस्दै

पूर्वाधार विकास समितिको बैठकमा खानेपानी आपूर्ति कार्य योजनाको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संघीय संसद्अन्तर्गत आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्न लागेको हो ।

बिहान साढे ९ बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’मा परेको संशोधनहरूमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान १० बजे बस्नेछ ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘जैविक तथा प्रांगारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता सम्बन्धमा’ छलफल हुँदै छ । बैठक बिहान ११ बजे बस्नेछ ।

पूर्वाधार विकास समितिको बैठकमा खानेपानी आपूर्ति कार्य योजनाको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

महिला तथा सामाजिक विकास समितिको बैठकमा ‘राष्ट्रिय दलित आयोगको काम कारबाही तथा प्रगति’ सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो: सभामुख अर्याल
२०८३ श्रावण २९, शुक्रबार
दूरसञ्चार सेवाको गुणस्तर सुधार र दुर्गममा पहुँच विस्तार गर्न सञ्चारमन्त्रीको कडा निर्देशन
२०८३ श्रावण २९, शुक्रबार
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
२०८३ श्रावण २९, शुक्रबार
चामलको पानीले अनुहार धुँदा के हुन्छ ?
२०८३ श्रावण २९, शुक्रबार
मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक
२०८३ श्रावण २९, शुक्रबार
साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ
२०८३ श्रावण २९, शुक्रबार
काँग्रेस संस्थापन इतर समुहको राष्ट्रिय भेला काठमाण्डौंमा शुरु
२०८३ श्रावण २९, शुक्रबार