ललितपुर, भदौ २ गते । कुनै पनि समयमा अचानक स्वास्थ्य अवस्था बिग्रियो, घरमा वृद्धवृद्धा हुनुहुन्छ वा बिरामीलाई अस्पतालसम्म लैजानै नसक्ने अवस्था आयो भने अब एम्बुलेन्स खोज्दै भौँतारिरहनु नपर्ने भएको छ । फोन गरेको १५ मिनेटभित्र ललितपुर महानगरपालिकाले चिकित्सक र पारामेडिक्ससहितको एम्बुलेन्स बिरामीको घरमै पु-याउने व्यवस्था सुरु गरेको छ ।
एम्बुलेन्स मात्र होइन, त्यसमा चिकित्सक, नर्स तथा अन्य पारामेडिक्स, आकस्मिक औषधी, अक्सिजन र आवश्यक उपकरणसमेत हुने छन् । घरमै पुगेपछि बिरामीको अवस्था हेरेर प्रारम्भिक रूपमा आपत्कालीन उपचार गरिने छ र अस्पताल लैजानुपर्ने भए बिरामीको इच्छा अनुसार उपत्यकाका जुनसुकै अस्पतालसम्म पु-याइने छ । महानगरपालिकाले सुरु गरेको यो सेवा सामान्य एम्बुलेन्स सेवाभन्दा फरक छ । यसको उद्देश्य बिरामीलाई अस्पतालसम्म पु-याउनु मात्र होइन, अस्पताल पुग्नुअघि नै आवश्यक आकस्मिक उपचार सुरु गर्नु पनि हो ।
महानगरपालिकाको स्वास्थ्य आपत्कालीन सञ्चालन प्रणाली (हेल्थ इमरजेन्सी अपरेटिङ सिस्टम) का इन्चार्ज डा. छविन्द्र गैरेका अनुसार उक्त सेवाका लागि छ जना चिकित्सक र छ जना पारामेडिक्स परिचालन गरिएको छ । दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् । दुवै एम्बुलेन्स भेन्टिलेटर सुविधासहितका छन् । “स्वास्थ्य समस्या भयो भनेर फोन आउनासाथ हाम्रो टोली परिचालन हुन्छ । सकेसम्म १५ मिनेटभित्र बिरामीसम्म पुग्ने लक्ष्य राखेका छौँ,” उहाँले भन्नुभयो, “घरमै पुगेर चिकित्सक र पारामेडिक्सले बिरामीको अवस्था हेर्छन्, आवश्यक आकस्मिक उपचार गर्छन् र अस्पताल लैजानुपर्ने भए तत्काल लैजान्छन् ।”
सेवा सञ्चालनका लागि तीन जना कर्मचारी फोन रिसिभ गर्न खटाइएको छ । फोन प्राप्त भएपछि स्वास्थ्य समस्या हेरेर सम्बन्धित टोलीलाई तत्काल जानकारी गराउने व्यवस्था गरिएको छ । बिरामीको घर पत्ता लगाउन जिपिएस प्रणाली प्रयोग हुने छ ।
“हामी आकस्मिक उपचारको एउटा हब बनाउन खोजिरहेका छौँ,” डा. गैरेले भन्नुभयो, “प्रमुख सरकारी अस्पतालको आकस्मिक विभागसँग समन्वय गरेर घरदेखि अस्पतालसम्मको उपचार प्रणालीलाई व्यवस्थित गर्ने महानगरको प्रयास रहन्छ ।”
सेवालाई थप प्रभावकारी बनाउन त्रिवि शिक्षण, वीर र पाटन अस्पतालका आकस्मिक विभाग प्रमुखलाई सल्लाहकारका रूपमा राखिएको छ । आकस्मिक चिकित्सा अध्ययन गरिरहेका चिकित्सकलाई समेत आवश्यकता अनुसार सेवामा परिचालन गर्ने तयारी गरिएको छ ।
आकस्मिक स्वास्थ्य सेवाको अवधारणा
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले दुई वटा एम्बुलेन्स थप गर्ने कार्यव्रmम मात्र नभई बिरामीलाई अस्पतालसम्म पु-याउने पुरानै शैलीबाट प्रभावकारी स्वास्थ्य सेवा दिन नसकिने महसुस गर्नुभयो । त्यसपछि घरमै पुग्ने आकस्मिक स्वास्थ्य सेवाको अवधारणा अघि बढाइएको हो । महानगरपालिकाको नवौँ नगरसभाबाट कार्यव्रmम पारित भएपछि यसको कार्यविधि निर्माण, जनशक्ति व्यवस्थापन, एम्बुलेन्स तयारी, प्राविधिक प्रणाली र अस्पतालसँगको समन्वयका विषयमा लामो गृहकार्य गरिएको थियो ।
“यो काम सुन्दा जति सजिलो लाग्छ, गर्न त्यति नै गाह्रो छ,” प्रमुख महर्जनले भन्नुभयो, “पैसा र जनशक्ति भएर मात्रै यस्तो सेवा चल्दैन ।” अन्तर्राष्ट्रिय फोरममा आफू भाग लिन जाँदा घर घरमा चिकित्सकसहित एम्बुलेन्स कार्यक्रमबारे प्रभावित भएको सुनाउनुभयो । “यस्तो कार्य विश्वका केही देशमा मात्र सीमित छ,” उहाँले भन्नुभयो, “साउन १ गतेदेखि सुरु गर्ने कार्यक्रम कार्यविधिलगायत विषयले एक महिनापछि भयो ।” यसैबिच ललितपुर महानगरपालिकाले सोमबारदेखि चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ गरेको छ । सो कार्यव्रmम उद्घाटन गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आकस्मिक स्वास्थ्य सेवामा समयको महìव सबैभन्दा बढी हुने बताउनुभयो । “बिरामीका लागि हरेक सेकेन्ड महìवपूर्ण हुन्छ,” मन्त्री मेहताले भन्नुभयो, “चिकित्सक र स्वास्थ्यकर्मीसहित घर घरमा पुग्ने व्यवस्था हुनु नागरिकका लागि महìवपूर्ण सेवा हो ।” उहाँले महानगरपालिकाका लागि स्वास्थ्य मन्त्रालयले सहकार्य गर्न चाहेको जानकारी दिनुभयो । गोरखापत्र
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया