भाद्र ३, २०८३ बुधबार August 19, 2026

निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार : लिङदेन

प्रदेश सांसदहरूलाई अनुशाषनको कारबाहीको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ३ भदौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बागमती प्रदेशका सांसदहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

नेकपा एमालेका प्रदेश सांसद किरण थापाले मुख्यमन्त्रीमा दावी पेश गर्दा समर्थन जनाएका आफ्ना प्रदेश सांसदहरूलाई अनुशाषनको कारबाहीको चेतावनी दिएका हुन् ।

`वागमती प्रदेशसभामा सरकार निर्माण प्रक्रियामा राप्रपाको कुनै दललाई समर्थन छैन,  मुख्य मन्त्रीका लागि नेकपा एमालेका किरण थापाको समर्थनमा बुझाइएको पत्र पार्टी निर्णय विपरित हो,` अध्यक्ष लिङदेनले भने, `उक्त विषय हामीले प्रदेश प्रमुख समक्ष जानकारी गराइ सकेका छौँ ।´ उनका अनुसार पार्टीको निर्णय विपरित क्रियाकलापमा संलग्नहरुलाई अनुशासनको कारबाही प्रक्रिया प्रारम्भ भइसकेको छ।

राप्रपाका बागमतीमा १२ सांसद छन् । सो पार्टीले केही दिन अघि प्रदेशका कुनै सरकारमा सहभागी नहुने र हुनै परेमा अध्यक्ष लिङ्देनलाई निर्णय गर्ने अधिकार दिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुर्गा प्रसाईंको राजनीतिक स्वार्थका कारण धर्नामा रहेका नागरिकको जीवन सङ्कटमा
२०८३ भाद्र ३, बुधबार
युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बेलायतको प्रतिबद्धता
२०८३ भाद्र ३, बुधबार
निर्णय नमान्ने बागमतीका सांसद कारबाहीका भागीदार : लिङदेन
२०८३ भाद्र ३, बुधबार
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने सरकारको निर्णय
२०८३ भाद्र ३, बुधबार
‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८३ भाद्र ३, बुधबार
बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह
२०८३ भाद्र ३, बुधबार
मन्त्रिपरिषद् बैठकबाट ११ वटा प्रमुख निर्णय सार्वजनिक (सूचीसहित)
२०८३ भाद्र ३, बुधबार