भाद्र ४, २०८३ बिहिबार August 20, 2026

सार्वजनिक संस्थानका कर्मचारीलाई सर्तै सर्तसहित तलबभत्ता

अर्थ मन्त्रालयको सहमति बिना आर्थिक दायित्व सिर्जना हुने गरी अन्य कुनै किसिमका भत्ता तथा सुविधा वृद्धि नगर्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको १ साउनदेखि  लागू हुने गरी बढाइएको तलबमान, ग्रेड र प्रोत्साहनभत्ता विभिन्न सर्तसहित उपलब्ध गराउन दिशानिर्देश गरेको छ ।

अर्थमन्त्रीस्तरीय निर्णयअनुसार चारवटा सर्त पूरा गरी सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, निगम तथा समितिका कर्मचारीलाई तलबभत्ता, ग्रेड र प्रोत्साहनभत्ता उपलब्ध गराउन सम्बद्ध पक्षलाई निर्देशन दिइएको छ ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले मन्त्रिपरिषद्को ६ साउनको निर्णयअनुसार १ साउनदेखि लागू हुनेगरी कायम भएको तलबमानअनुसार तह तथा पदअनुसार नयाँ तलबमान निर्धारण गर्न भनेको छ ।

प्रोत्साहनभत्ता प्रकृतिको भत्ता प्राप्त गर्दै आएका कर्मचारीको हकमा हाल कायम प्रोत्साहनभत्ताभन्दा कम हुने भएमा कम भएको रकमबराबरको भत्ता मात्र प्रदान गर्न भनिएको छ ।

कार्यसम्पादन सूचकका आधारमा दिइने प्रोत्साहनभत्ताको व्यवस्था क्रमशः कार्यान्वयनमा लैजान पनि आग्रह गरिएको छ । ‘हाल खाइपाइ आएको ग्रेडभन्दा निजामती सेवातर्फ लागू भएको नयाँ ग्रेडदर कम भएमा मात्र सोहीबराबर हुने गरी नयाँ ग्रेड निर्धारण गर्न’ आग्रह गरिएको छ ।

अर्थ मन्त्रालयको सहमति बिना आर्थिक दायित्व सिर्जना हुने गरी अन्य कुनै किसिमका भत्ता तथा सुविधा वृद्धि नगर्न पनि निर्देशन दिइएको छ । विगतमा भएका परिपत्रलाई ध्यानमा राख्न भनिएको छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक
२०८३ भाद्र ४, बिहिबार
रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण
२०८३ भाद्र ४, बिहिबार
धान–तोरी छाडेर अम्बा खेती, एक सिजनमै साढे दुई लाख आम्दानी !
२०८३ भाद्र ४, बिहिबार
पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पीएचडी कार्यक्रम सुरु
२०८३ भाद्र ४, बिहिबार
प्रतिनिधिसभा अन्तर्गतका नौवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
२०८३ भाद्र ४, बिहिबार
ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ
२०८३ भाद्र ४, बिहिबार
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
२०८३ भाद्र ४, बिहिबार