भाद्र ४, २०८३ बिहिबार August 20, 2026

ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ

स्मार्ट स्ट्रिट लाइटको अवधारणा नेपालमा ललितपुर महानगरपालिकाले सुरु गरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर, ४ भदौः गृहमन्त्री सुधन गुरुङले नागरिकको सेवामा ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय रहेको बताउनुभएको छ ।

ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’को शुभारम्भ कार्यक्रममा उहाँले महानगरपालिकाले कला, संस्कृति र सभ्यताको संरक्षणमा गरेको काम अनुकरणीय रहेको बताउनुभयो ।

गृहमन्त्री गुरुङले ललितपुर र भक्तपुरले नेपालको कला, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै त्यहाँ पुग्दा देशको गौरव महसुस हुने बताउनुभयो । उहाँले ललितपुर महानगरपालिकाले नयाँ सोचका साथ सञ्चालन गरेका कामबाट गृह मन्त्रालयले समेत सिक्न सक्ने बताउँदै यस्ता नवप्रवर्तनलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

गृहमन्त्री गुरुङले आफूमा शासकीय घमण्ड र सत्ताको लोभ नभएको उल्लेख गर्दै देश र समाजका लागि सकारात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालकुमारीदेखि बल्खुसम्मको सात दशमलव नौ किलोमिटर सडकखण्डमा जडान गरिएको स्मार्ट स्ट्रिट लाइटले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले स्मार्ट स्ट्रिट लाइटको अवधारणा नेपालमा ललितपुर महानगरपालिकाले सुरु गरेको दाबी गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक
२०८३ भाद्र ४, बिहिबार
रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण
२०८३ भाद्र ४, बिहिबार
धान–तोरी छाडेर अम्बा खेती, एक सिजनमै साढे दुई लाख आम्दानी !
२०८३ भाद्र ४, बिहिबार
पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पीएचडी कार्यक्रम सुरु
२०८३ भाद्र ४, बिहिबार
प्रतिनिधिसभा अन्तर्गतका नौवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
२०८३ भाद्र ४, बिहिबार
ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ
२०८३ भाद्र ४, बिहिबार
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
२०८३ भाद्र ४, बिहिबार