काठमाडौं । नेकपा एमालेले देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ।
एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक बुधबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।
हालै आएको बाढीका कारण विभिन्न जिल्लामा सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा क्षति पुग्नुका साथै नागरिक प्रभावित भएका छन्। विशेषगरी भोटेकोशी, त्रिशूलीलगायत नदी तथा खोलामा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा जोखिम बढेको छ।
बैठकमा बाढी तथा पहिरोबाट भएको क्षतिको अवस्था, प्रभावित नागरिकको उद्धार तथा राहत र विपद्को जोखिम न्यूनीकरणका लागि पार्टीका तर्फबाट गर्न सकिने सहयोगका विषयमा छलफल हुने बताइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया