भाद्र १३, २०८३ शनिबार August 29, 2026

‘विपद्को समयमा सहकार्य र समन्वयबाट सरकारलाई सबैले साथ दिनुपर्छ’ : अध्यक्ष साम्पाङ

प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणमा सरकारलाई सबै राजनीतिक दल, जनप्रतिनिधि र नागरिकले एकजुट भएर सहयोग गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगन्ज (बाँके), १३ भदौः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले विपद्को समयमा आपसी सहकार्य र समन्वयबाट सरकारलाई सबैले साथ र सहयोग गर्नुपर्ने धारणा राख्नुभएको छ ।

बाँकेको नेपालगन्जमा आज आयोजित अगुवा श्रमदातासँग हातेमालो कार्यक्रममा रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते गएको बाढीबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणमा सरकारलाई सबै राजनीतिक दल, जनप्रतिनिधि र नागरिकले एकजुट भएर सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष राईले विपद्का बेला सरकार एक्लैले सबै काम गर्न नसक्ने भएकाले सबै पक्षले साझा जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताउनुभयो । “यस्तो विषम परिस्थितिमा सरकार आफैँले सबैथोक गर्न सक्दैन । यस्तोबेला हामी सबै मिलेर सरकारलाई सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष राईले भोटेकोशी बाढीले रसुवा, नुवाकोटलगायत विभिन्न जिल्लामा ठूलो धनजनको क्षति पुर्‍याएको उल्लेख गर्दै पुनःस्थापना र पुनर्निर्माणमा श्रमको भूमिका निर्णायक हुने बताउनुभयो । “श्रमलाई घटाएर जीवनको परिकल्पना गर्न सकिँदैन । श्रम सर्वोपरि शक्ति हो । श्रमले हाम्रा सम्पदा र सम्पत्तिको संरक्षण गर्छ”, उहाँले भन्नुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीमा स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
२०८३ भाद्र १३, शनिबार
परराष्ट्रमन्त्री खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच टेलिफोन संवाद
२०८३ भाद्र १३, शनिबार
सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री
२०८३ भाद्र १३, शनिबार
नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा
२०८३ भाद्र १३, शनिबार
आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु १० करोड सहयोग
२०८३ भाद्र १३, शनिबार
लोककल्याणकारी विज्ञापन कटौती फिर्ता लिन पत्रकार महासंघ काठमाडौंको माग
२०८३ भाद्र १३, शनिबार
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय
२०८३ भाद्र १३, शनिबार