भाद्र १५, २०८३ सोमबार August 31, 2026

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

बैठकमा हुने छलफलपछि पार्टीले विपद् प्रभावित क्षेत्रका लागि थप कार्यक्रम तथा आवश्यक कदम तय गर्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज अपराह्न ४ः३० बजे केन्द्रीय समिति बैठक बोलाएको छ। सभापति रवि लामिछानेको निर्देशनमा बस्न लागेको बैठक भर्चुअल माध्यमबाट सञ्चालन हुने पार्टीले जनाएको छ।

बैठकमा पछिल्लो समय देखिएको बाढीपहिरोलगायत विपद्का घटनापछि उद्धार, राहत तथा पुनःस्थापनासँग सम्बन्धित बहुआयामिक विषयमा छलफल हुने बताइएको छ।

रास्वपाका अनुसार बैठकमा विपद् व्यवस्थापनसँगै समसामयिक राजनीतिक तथा संगठनात्मक विषयमा पनि छलफल हुनेछ। पछिल्लो परिस्थितिमा पार्टीको भूमिका, आगामी कार्यदिशा तथा आवश्यक निर्णयबारे समेत केन्द्रीय सदस्यहरूले धारणा राख्ने बताइएको छ। बैठकमा हुने छलफलपछि पार्टीले विपद् प्रभावित क्षेत्रका लागि थप कार्यक्रम तथा आवश्यक कदम तय गर्न सक्ने जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया