भाद्र १५, २०८३ सोमबार August 31, 2026

बाढी प्रभावित प्रायः सबै स्थानमा नेपाल टेलिकम र एनसेलको सेवा पुनःसञ्चालनमा

एनसेलका पनि अधिकांश साइट सञ्चालनमा बाढी तथा पहिरोबाट प्रभावित एनसेलका अधिकांश साइट पुनः सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको दूरसञ्चार सेवा प्रायः सबै स्थानमा सञ्चालनमा आएको छ ।

बाढी र पहिरोका कारण क्षतिग्रस्त भएका नेपाल टेलिकम र एनसेलका टावर तथा साइट मर्मत एवं पुनःस्थापना गरेपछि सेवा सञ्चालनमा आएको हो ।

बाढीपछि धेरै स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । कतिपय टावरमा आवश्यक उपकरण र पूर्वाधारमा क्षति पुगेको थियो । यसका कारण मोबाइल तथा इन्टरनेट सेवा प्रभावित भएको थियो । सेवा सञ्चालनका लागि कम्पनीहरूले आवश्यक जनशक्ति र उपकरण परिचालन गरेका थिए ।

टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन पनि विभिन्न माध्यमबाट सम्बन्धित स्थानमा पुर्याइएको थियो । टेलिफोन र इन्टरनेट सेवा सञ्चालनमा ल्याउनका लागि आवश्यक उपकरण र इन्धन हेलिकप्टरबाट समेत ढुवानी गरिएको थियो ।

नेपाल टेलिकमका अधिकांश साइट पुनःसञ्चालनमा आइसकेका छन् । नेपाल टेलिकमले राससलाई उपलब्ध गराएको विवरणअनुसार धादिङ, नुवाकोट र रसुवाका धेरै साइट पुनः सञ्चालनमा आइसकेका हुन् ।

अग्निचोक, बैरेनी–१ थामेल डाँडा, बुढाथुम, छत्रेदेउराली, धुस्सा पृथ्वी राजमार्ग, धुवाकोट, गजुरी, गजुरी–२, गोगनपानी, गुम्दी, जीवनपुर, जोगिमारा, ज्यामरुङ, करिगाउँ, कटुञ्जे, किरान्चोक र कुम्पुर साइट सञ्चालनमा आएका छन् ।

त्यस्तै लापा, महादेवबेँसी, मैदी, मलेखु, नालाङ, नौबिसे, पुच्छार बजार, सालबास, थाक्रे, रानीबारी, टिप्लिङलगायतका स्थानका टेलिकम टावरबाट समेत सेवा सञ्चालन भएका छन् ।

त्यसैगरी, बालकुमारी नुवाकोट, बट्टार, बिदुर, चौगडे, दुईपिपल र घ्याङफेदी साइट पनि सञ्चालनमा छन् । बुंगताङ, ककनी, चारघरे, खरानीटार, मदनपुर, नरजामण्डप, न्यौपानेचौर, नुवाकोट दरबार, ओखरपौवा, रानीपौवा, गर्खु, जिलिङ, कल्याणपुर, सामरी भञ्ज्याङ, सुनखानी, तालाखु, टुप्चे, छापथोके र चारघरे मुलाबारी साइट पनि सञ्चालनमा छन् ।

त्यसैगरी सत्यदेवी, ढोला, मुरलीभञ्ज्याङ, ताल्ती, धुन्चे, पाङसाङडाँडा, केवलपुर, महादेवस्थान, समुद्रादेवी, सङ्कोश डाँडा, दाँडाखर्का, गोलजुङ, मालखु बजार माइक्रो, जिम्बाङ र रसुवा बोर्डर साइट सञ्चालनमा छन् ।

मनकामना डाँडा, सरमथली, गोलजुङ–१, कालिकास्थान, भौनबेँसी, धादिङ कार्यालय, धुन्चे आर्मी क्याम्प माइक्रो, नौबिसे काफ्लेचौर, ककनी एपीएफ माइक्रो बीटीएस र गल्छी माइक्रो साइट पनि सञ्चालनमा छन् ।

त्यस्तै जिबजिबे न्यू, चतुराली, ढिकुरे, कविलास मोटरभञ्ज्याङ, झर्लाङ, सुनखानी धादिङ, बिदुर बसपार्क, भैरवस्थान, लिङ्जो, क्याङ्जिन लाङटाङ, बेलकोट, चोकलबञ्ज्याङ र पिपलटार माझीटार साइट पनि सञ्चालनमा छन् ।

मेघान–४, कुटुमसाङ, बेतिनी, जिबजिबे माइक्रो, त्रिशूली–३ ए÷३ बी, माथिल्लो स्याङ्जेन, गोसाइँकुण्ड, तासरपु, शिखरहेल बज्रबाराही–२ र दाँडाखर्का साइट सञ्चालनमा आएको विवरणमा उल्लेख छ ।

नेपाल टेलिकमका केही साइट भने अझै सञ्चालनमा आउन सकेका छैनन् । बेनीघाट रोराङ, गल्छी, शिवपुरी, तारकेश्वर, विदुर, किस्पाङ, गोसाङकुण्डलगायतका पालिकामा समान एउटा टावर पुनः सञ्चालनमा आउन सकेका छैनन् ।

एनसेलका पनि अधिकांश साइट सञ्चालनमा बाढी तथा पहिरोबाट प्रभावित एनसेलका अधिकांश साइट पुनः सञ्चालनमा आएका छन् ।

कम्पनीका अनुसार जुगेटार, धुञ्चे, बट्टार, पिपलटार, बिदुर, गोल्जुङ, महामण्डललगायतका साइट सञ्चालनमा छन् । त्यस्तै बट्टार बजार, भूमिडाँडा, खाल्टे (ट्रान्जिट), सुनौला बजार, सिबालय डाँडा, खाल्चेत भञ्ज्याङ, देउराली र कालीकास्थान साइट पनि सञ्चालनमा आइसकेका छन् ।

चुली (कडेनी), चौर्तोल, दुईपिप्ले–कोल्टाक, बहुडाँडा र माने डाँडा साइटबाट पनि सेवा सञ्चालन भइरहेको छ । तर एनसेलको रसुवागढी, तिरु र त्रिशूली साइट भने पूर्वाधारमा क्षति भएको कारण बन्द अवस्थामा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया