भाद्र १७, २०८३ बुधबार September 2, 2026

खोलाले बगाउँदा UKG का विद्यार्थी सरोज बम्जन बेपत्ता, खोजी कार्य जारी

सरोजको सकुशल उद्धारको कामना गर्दै खोजी कार्यमा सहयोग गरिदिन स्थानीयको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । तारकेश्वर नगरपालिका–६ निवासी तथा काठमाडौं शिक्षालय स्कुलमा UKG मा अध्ययनरत सरोज बम्जनलाई धर्मस्थली गणेश मन्दिर नजिकको खोलाले बगाएपछि उनी बेपत्ता भएका छन्।

घटना लगत्तै जितपुर धर्मस्थलीका प्रहरी नायब निरीक्षक यमबहादुर थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। हाल नेपाल प्रहरी, नेपाली सेना र नगर प्रहरीको संयुक्त टोलीले महादेव खोलामा सरोजको खोजी कार्य जारी राखेको छ।

साँझदेखि खोजी कार्य जारी रहे पनि हालसम्म सरोज फेला पर्न सकेका छैनन्।

परिवारजन तथा स्थानीयवासीले सरोजको सकुशल उद्धारको कामना गर्दै खोजी कार्यमा सहयोग गरिदिन सबैमा आग्रह गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया