भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित

नयाँ चलचित्र ‘माया भनेकै यस्तो होला’ तिहारको अवसर पारेर कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ १९ गते । भोटेकोशी–त्रिशूली बाढीपछिको असहज स्थितिलाई ध्यानमा राख्दै प्रदर्शनको तयारीमा रहेका चलचित्र पूर्वनिर्धारित मितिमा प्रदर्शन नहुने भएका छन् ।  चलचित्र निर्माण पक्षले यस्तो दुःखको समयमा चलचित्र प्रदर्शन गर्न नहुने भन्दै मिति सारेको हो । भदौ १८ गतेदेखि प्रदर्शनमा आउने तयारी रहेको चलचित्र ‘बाः एक योद्धा’ ले चलचित्र प्रदर्शन स्थगित गरी नयाँ मिति घोषणा गरेको छ ।

रेखाको फिल्म ‘माया भनेकै यस्तो होला’ को पोस्टरमा मदनकृष्णदेखि सृष्टिसम्मआर्टिस्टिक इन्टरटेन्मेन्टले विज्ञप्तिमा विपत्को समयमा सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित चलचित्र प्रदर्शन गर्नु उपयुक्त नभएको उल्लेख गरेको छ । “चलचित्र समाजको ऐना मात्र नभएर यो मानवीय संवेदनाको संवाहक पनि हो । देशको एउटा भूगोल अकल्पनीय अवस्थामा पुगेको समयमा चलचित्र प्रदर्शन गर्नु उपयुक्त छैन,” विज्ञप्तिमा भनिएको छ ।

निर्माता वसन्त लम्सालले चलचित्र मङ्सिर २४ गते बिहीबारदेखि प्रदर्शनमा आउने घोषणा गर्नुभयो । ‘बाः एक योद्धा’ परिवारले विपत् प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई लाख एक हजार रुपियाँ पनि सहयोग गरेको छ । भदौ १९ गते प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’ ले आफ्नो प्रदर्शन मिति सारेको छ । माया इन्टरटेनमेन्ट स्टुडियोले निर्माण गरेको चलचित्र मङ्सिर ११ गतेदेखि प्रदर्शन हुने जनाएको छ । देश शोकमा रहेको संवेदनशील अवस्थामा हास्यप्रधान चलचित्र प्रदर्शन तथा मनोरञ्जनात्मक कार्यक्रम गर्नु उचित नहुने भएकाले मिति सारेको निर्माता तथा निर्देशक श्रद्धा प्रसाईंले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले चलचित्रको प्रचारप्रसार रोक लगाएका छौँ, अब चलचित्र तीन महिनापछि मात्र प्रदर्शन हुने छ ।

चलचित्र ‘बा : एक योद्धा’ का टीजर सार्वजनिकयस्तो अवस्थामा हाँस्ने, हँसाउनेलगायतका मनोरञ्जनका कुनै पनि कार्यक्रम गर्ने कल्पनासम्म पनि गर्न नसक्ने प्रसाईंको भनाइ छ । “हाम्रो चलचित्र ककाकिकीको प्रदर्शन तथा सम्पूर्ण प्रचारप्रसारका गतिविधि तत्कालका लागि स्थगित गर्ने निर्णय गरेका छौँ,” उहाँले भन्नुभयो । ‘ककाकिकी’ मा बिक्की अग्रवाल र श्रद्धा प्रसाईको संयुक्त निर्देशनमा निर्माण भएको हो । चलचित्रमा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेललगायत कलाकारको अभिनय छ ।

यसै गरी भदौ २६ गते प्रदर्शनमा आउने तयारीमा रहेको ‘माया भनेकै यस्तो होला’ ले पनि प्रदर्शन स्थगित गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरिसकेको छ । रेखा थापा निर्देशित चलचित्र दिया एन्ड अमु फिल्म्सको निर्माण रहेको छ । निर्देशक थापाले देश शोकमा रहेका बेला मनोरञ्जनात्मक चलचित्र प्रदर्शन गर्नु उचित नदेखिएकाले अहिलेलाई प्रदर्शन स्थगित गरिएको बताउनुभयो । ‘माया भनेकै यस्तो होला’ तिहारको अवसर पारेर कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने उहाँले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार
बल्ल परामर्शमा प्रधानमन्त्री
२०८३ भाद्र १९, शुक्रबार