कार्तिक ८, २०८३ आइतबार October 25, 2026

गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक

माइतीसँगको आत्मियता, बाल्यकालका सम्झना र परिवारप्रतिको प्रेमलाई मुख्य विषय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २६ साउनः गायिका पुजन काफ्लेको तिज गीत ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक भएको छ । पुजन काफ्ले युट्युव च्यानलबाट सार्वजनिक गीतमा शब्द र स्वर पुजन काफ्लेको रहेको छ भने सङ्गीत जीआर बानियाँको रहेको छ ।

तिज पर्व नजिकिँदै गर्दा माइती, आमा–बाबु र दाजुभाइप्रतिको चेलीको भावनालाई समेटिएको नयाँ तिज गीतले तिजलाई नारीको पर्वका रूपमा चित्रण गर्दै माइतीसँगको आत्मियता, बाल्यकालका सम्झना र परिवारप्रतिको प्रेमलाई मुख्य विषय बनाएको छ ।

गीतमा आमाले पकाएको खानादेखि माइतीको घरप्रतिको मोहसम्मलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । ‘रातो चुरा, सिन्दुर, पोते, रातो साडी’ लाई तीजको सांस्कृतिक पहिचानसँग जोड्दै गीतले तिजलाई महिलाका लागि विशेष दिनका रूपमा चित्रण गरेको छ ।

दिदीबहिनी तथा साथीसँग भेटघाट हुने र बाल्यकालका दिन सम्झने अवसरका रूपमा पनि गीतले तिजको चित्रण गरेको छ । श्रीमान्ले किनिदिएको साडी लगाएर सजिएर नाच्न आएको प्रसङ्गनमार्फत वैवाहिक जीवन र तिजको उल्लासलाई समेत गीतमा समेटिएको छ ।

गीतको अर्को भावनात्मक पक्ष आमाप्रतिको माया हो । आमाले हाँस्दा हाँस्ने र रुँदा रुने भएकाले आमाको गुण कसरी तिर्ने भन्ने भाव गीतमा व्यक्त गरिएको छ । त्यस्तै, छोरीको चिन्ता गरेर बस्ने बाबुको माया र बाबुकै आँगनमा खुसी हुने दिनको सम्झनाले माइतीप्रतिको चेलीको भावनालाई उजागर गरेको छ ।

दाजुभाइप्रतिको चेलीको चिन्ता र परदेशमा रहेका भाइको सम्झनाले गीतलाई अझ भावुक बनाएको छ । रोजगारी तथा अन्य कारणले परिवारबाट टाढा रहेका दाजुभाइलाई सम्झँदै चेलीको मनमा उत्पन्न हुने पीडालाई गीतले समेटेको छ ।

शिवन पोखरेलको निर्देशन र दीपक गिरीको छाँयाङ्कन रहेको भिडियोमा कलाकारहरू विना राउत, यज्ञबहादुर काफ्ले, मैयादेवी काफ्ले, समीक्षा केसी र रोशनी बराललगायतले मोडलिङ गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार
तान्जानिया सरकारका आलोचक केन्यामा अपहरित
२०८३ कार्तिक ८, आइतबार
Dashain gala at Fewa lake, foreign tourists receive tika, jamara
२०८३ कार्तिक ८, आइतबार
राजनीतिकर्मीले राजनीति मात्रै होइन, अनुसन्धान पनि गर्नुपर्छ : बिजुक्छे
२०८३ कार्तिक ८, आइतबार
प्रदेशसभा र प्रदेश परिषद्को अवधारणाबाट संघीयता मजबुत बनाउँछौँ : मनिष झा
२०८३ कार्तिक ८, आइतबार
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
२०८३ कार्तिक ८, आइतबार