भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी

सुरुङबाहिर चिकित्सकसहितको टोली तथा नेपाली सेनाको हेलिकोप्टरलाई समेत तयारी अवस्थामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ १९ गते । त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी रहेको छ । सांसद श्रीराम न्यौपानेका अनुसार उद्धार टोलीले टनेलभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि गरेको छ ।

उद्धार टोलीले भित्र रहेका व्यक्तिलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको उहाँले जानकारी दिनुभयो ।

“भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिनु र उद्धार टोलीको कुरामा प्रतिक्रिया आउनुले हामीलाई थप उत्साहित बनाएको छ,” न्यौपानेले गोरखापत्र अनलाइनसँग भन्नुभयो ।

टनेलभित्र मानिस जीवितै रहेको संकेत पाएपछि नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले थप सावधानीका साथ उद्धार कार्य अघि बढाइरहेको छ ।

घटनास्थलमा थप प्राविधिक सहयोग तथा उद्धारका उपकरण परिचालन गरिएको छ । सुरुङको जटिल बनावटका बाबजुद सुरक्षाकर्मीले फसेका व्यक्तिलाई बाहिर निकाल्न हरसम्भव प्रयास गरिरहेका छन् ।

उहाँका अनुसार सुरुङबाहिर चिकित्सकसहितको टोली तथा नेपाली सेनाको हेलिकोप्टरलाई समेत तयारी अवस्थामा राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया