भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

सामुदायिक सेवा केन्द्र इचंगुनारायण (नागार्जुन)को १९औँ साधारण सभा शनिबार

चार सयभन्दा बढीको सहभागिता हुने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायण, नागार्जुनको १९औँ वार्षिक साधारण सभा शनिबार आयोजना हुने भएको छ।

नागार्जुन नगरपालिका–३ स्थित रिड मोडेल स्कुलको प्राङ्गणमा आयोजना हुने साधारण सभामा नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) सुशील सिंह राठौर प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। त्यस्तै, नागार्जुन नगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुशीला अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछिन्।

कार्यक्रममा काठमाडौँ प्रहरी परिसरका प्रमुख, सामुदायिक प्रहरी प्रमुख, प्रहरी वृत्त स्वयम्भुका प्रमुखलगायत सुरक्षा निकाय तथा स्थानीय तहका प्रतिनिधिहरूको समेत उपस्थिति रहने आयोजकले जनाएको छ।

साधारण सभामा सामुदायिक सेवा केन्द्रमा आबद्ध ३ सय ५० भन्दा बढी आजीवन सदस्य तथा विभिन्न सामाजिक संघसंस्था, शुभेच्छुक र सहयोगीहरूको सहभागिता रहनेछ।

सामुदायिक सेवा केन्द्रको सामाजिक तथा सामुदायिक गतिविधिमा विभिन्न माध्यमबाट सहयोग पुर्‍याउँदै आएका संघसंस्था तथा व्यक्तिहरूलाई साधारण सभाका अवसरमा सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ। केन्द्रका गतिविधिमा निरन्तर सहयोग गर्ने, सामाजिक सेवामा हातेमालो गर्दै योगदान पुर्‍याउने तथा सामुदायिक प्रहरीसँगको सहकार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संघसंस्था एवं व्यक्तित्वलाई सम्मान गरिने आयोजकले जनाएको छ।

साधारण सभामा संस्थाको आर्थिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरिनेछ। संस्थाले विगत एक वर्षमा सञ्चालन गरेका सामाजिक सेवा, सामुदायिक सुरक्षा, जनचेतनामूलक तथा अन्य गतिविधिको समीक्षा गर्दै आगामी दिनमा सेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायण, नागार्जुनको स्थापना २०६४ सालमा भएको हो। स्थापना कालदेखि नै केन्द्रले स्थानीय समुदायसँगको सहकार्यमा सामाजिक सेवा, जनचेतना अभिवृद्धि तथा शान्ति–सुरक्षा कायम गर्न सहयोग पुर्‍याउँदै आएको छ।

सामुदायिक प्रहरीको अवधारणालाई स्थानीय समुदायसँग जोड्दै केन्द्रले विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ। स्थानीय बासिन्दा, प्रहरी, जनप्रतिनिधि, संघसंस्था तथा सामाजिक अभियन्ताबीच सहकार्य र समन्वय कायम गर्न केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अध्यक्ष प्रताप दानीले बताउनुभयो।

नेपालमा सञ्चालनमा रहेका सामुदायिक प्रहरी सेवा केन्द्रमध्ये इचंगुनारायण सामुदायिक सेवा केन्द्रलाई सक्रिय र प्रभावकारी केन्द्रका रूपमा स्थापित गर्न सफल भएको अध्यक्ष दानीको भनाइ छ।

१९औँ साधारण सभाले संस्थाको विगतको समीक्षा गर्दै आगामी दिनमा सामुदायिक सुरक्षा र सामाजिक सेवाका कार्यक्रमलाई अझ व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने विश्वास गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी
२०८३ भाद्र १९, शुक्रबार
उत्तरी चीनको जाइरोङ नाकामा खोज-उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
खाजा खर्च बचाएर विद्यार्थीले जुटाए बाढीपीडितका लागि हजारौँ रुपैयाँ
२०८३ भाद्र १९, शुक्रबार
19th General Assembly of Ichangunarayan Community Service Center to Be Held on Saturday
२०८३ भाद्र १९, शुक्रबार
भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै
२०८३ भाद्र १९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
२०८३ भाद्र १९, शुक्रबार
भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालबाट ४८ घाइते ‘डिस्चार्ज’, २५ जनाको उपचार हुँदै
२०८३ भाद्र १९, शुक्रबार