भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

शिक्षक हत्या घटनामा एक जना पक्राउ

आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव परीक्षण गर्न जिल्ला अस्पताल सङ्खुवासभा ल्याइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सङ्खुवासभा, १९ भदौः सङ्खुवासभाको मकालु गाउँपालिकामा–१ वालुङ चिर्खाङमा गोली हानेर एक शिक्षकको हत्या गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या गरिएको घटनामा प्रहरीले एक संकास्पद व्यक्तिाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताउनुभयो । प्रहरीले पक्राउ परेको व्यक्तिको पहिचान खुलाएको छैन ।

प्रधानाध्यापक  राईमाथि बिहीबार राति गोली प्रहार भएको हो । विद्यालयमै बस्दै आउनु भएका राई राति खाना खाएर हात धुन बाहिर निस्किएपछि उहाँमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताउनुभयो ।

सिलिचोङ गाउँपालिका–५ याफु घर भएका प्रधानाध्यापक राई सोही विद्यालयमा बस्दैआउनु भएको थियो । उहाँ एक वर्षदेखि करारमा कार्यरत हुनुहुन्थ्यो । घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने काम गरिरहेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव परीक्षण गर्न जिल्ला अस्पताल सङ्खुवासभा ल्याइने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी
२०८३ भाद्र १९, शुक्रबार
उत्तरी चीनको जाइरोङ नाकामा खोज-उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
खाजा खर्च बचाएर विद्यार्थीले जुटाए बाढीपीडितका लागि हजारौँ रुपैयाँ
२०८३ भाद्र १९, शुक्रबार
19th General Assembly of Ichangunarayan Community Service Center to Be Held on Saturday
२०८३ भाद्र १९, शुक्रबार
भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै
२०८३ भाद्र १९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
२०८३ भाद्र १९, शुक्रबार
भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालबाट ४८ घाइते ‘डिस्चार्ज’, २५ जनाको उपचार हुँदै
२०८३ भाद्र १९, शुक्रबार