भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

मकालुमा गोली हानेर शिक्षकको हत्या

बिहीबार राति शिक्षक राईमाथि गोली प्रहार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सङ्खुवासभा, १९ भदौः सङ्खुवासभाको मकालु गाउँपालिकामा–१ चिर्खाङमा गोलीहानेर एक शिक्षकको हत्या भएको छ ।

मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो । बिहीबार राति शिक्षक राईमाथि गोली प्रहार भएको हो ।

विद्यालयमै बस्दै आउनु भएका राई राति खाना खाएर हात धुन बाहिर निस्किएपछि उहाँमाथि गोली प्रहार भएको शिक्षिका टिकामाया राईले जानकारी दिनुभएको प्रहरीले जनाएको छ । घटना लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालसहितको टोली र इलाका प्रहरी कार्यालय हेदाङनागढीको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी
२०८३ भाद्र १९, शुक्रबार
उत्तरी चीनको जाइरोङ नाकामा खोज-उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
खाजा खर्च बचाएर विद्यार्थीले जुटाए बाढीपीडितका लागि हजारौँ रुपैयाँ
२०८३ भाद्र १९, शुक्रबार
19th General Assembly of Ichangunarayan Community Service Center to Be Held on Saturday
२०८३ भाद्र १९, शुक्रबार
भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै
२०८३ भाद्र १९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
२०८३ भाद्र १९, शुक्रबार
भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालबाट ४८ घाइते ‘डिस्चार्ज’, २५ जनाको उपचार हुँदै
२०८३ भाद्र १९, शुक्रबार