काठमाण्डाैंः झापामा श्रीमानले मुड्कीले हान्दा श्रीमतीको मृत्यु भएको छ ।
जिल्लाको मेची नगरपालिका–४ स्थित समायोजन टोलका ३४ वर्षीय पर्वत राईले आफ्नी श्रीमती २७ वर्षीय संगिता राईलाई मुड्कीले हान्दा आइतबार राति साढे ६ बजे घाइते भएकी थिइन् ।
मुड्की हान्दा घाइते भएको भन्ने खबर पाएपछि प्रहरी चौकी बाहुनडाँगीबाट टोली खटिएको थियो ।
तर त्यहाँ पुग्दा श्रीमतीको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। उनका श्रीमान् पर्वत राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया