असोज १३, २०८३ मंगलबार September 29, 2026

अपहरण मुद्दाका फरार प्रतिवादी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सङ्गठित अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दाका फरार एक प्रतिवादी ६ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१२ का नरेश मेचे छन । जिल्ला अदालत झापाले अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा उनलाई १७ वर्ष कैद र रु एक लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो ।

विसं २०७१ माघ १८ गते झापाका सुनिलकुमार अग्रवाल (विन्दल)लाई बजरङ्ग पन्सारी (अग्रवाल) र मेचेसहितको समूहले अपहरण गरेको थियो ।

विशेष सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाण्डौं महानगरपालिका-२९ गोङ्गबुस्थित होटल काठमाडौँ इनबाट मेचेलाई आइतबार पक्राउ गरी आवश्यक कारवाहीका लागि आज जिल्ला प्रहरी कार्यालय झापा पठाएको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुल थापाले जानकारी दिए ।

उनीहरुले अग्रवाललाई एम्बुलेन्समा हालेर हर्कबहादुर कन्दका घरमा पुर्याइ बन्धक बनाएका अवस्थामा सोही साल माघ २३ गते उद्धार गरेको थियो । सो क्रममा अपहरणकारी र प्रहरीबीच गोली चल्दा एक प्रहरीसमेत घाइते भएका थिए । संगठित रुपमा मानव अपहरण गरी शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योगमा उनीहरु विरुद्ध मुद्दा दर्ता भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार