भाद्र २६, २०८३ शुक्रबार September 11, 2026

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समितिले दस्तावेज निर्माण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २६ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज निर्माणका लागि समिति गठन गरेको छ ।

रास्वपाले आज ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज निर्माणका लागि पार्टी महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

रास्वपाको गत भदौ ५ गतेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार उक्त समिति गठन गरिएको प्रवक्ता खरेलले बताउनुभयो । समितिमा सदस्यमा गणेश पराजुली, मनिष झा, समीक्षा बाँस्कोटा, अनुष्का श्रेष्ठ, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कडरिया र प्रमोद न्यौपाने हुनुहुन्छ ।

May be an image of text that says 'प.सं.: च.न.: राष्ट्िय स्वतन्त्र पार्टी RASTRIYA SWATANTRA PARTY वि.सं. २०८३ भदी २६ ने.सं. ११४६ गुलागा आमे विज्ञमि राष्ट्रिय स्वतन्त्र पार्टीले राइ्ट रिकल' सम्बन्धी दस्तावेज निर्माण गर्न महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा देहाय सदस्यीय समिति गठन गरेको छ पार्टीको मिति २०८३ भदौ गते बसेको केनं्द्रीय कमिटीको निर्णय बमोजिम उक्त समिति गठन गरिएको विपिन कुमार आचार्य संयोजक गणेश पराजुली- मनिष सदस्य समीक्षा बास्कोटा अनुष्का श्रेष्ठ सदस्य सुलभ खरेल खनाल- वैदिक- गजला शमिम मिकरानी- सदस्य करिस्मा कठरिया सदस्य न्यौपाने सदस्य जगदिश खरेल प्रवक्ता Chamati, Vanasthall, Kathmandu 16, चःमति, वनस्थली, काठमाडो 95 नेपाल P7FX+QW Kathmandu +977 15914591, 9851360666 မ ၂ှ984၃9 ९८४9३६०६६६ info@rspnepal.org www.rspnepal.org'

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया