भाद्र २६, २०८३ शुक्रबार September 11, 2026

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैनः दक्षिण कोरिया

हर्मुजमाथि नियन्त्रण राख्ने इरानको अडानका कारण इरान र अमेरिकाबीचको वार्ता अड्किएपछी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सियोल, २६ भदौ (रासस/एएफपी) : दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा सैन्य तैनाथी गर्ने कुनै निर्णय अझै नभएको बताउनुभएको छ ।

सियोलले जलमार्गको सुरक्षामार्फत ‘योगदान’ दिनेबारे विचार गरिरहेको बताएपछि तेहरानले यस्तो कुनै पनि सैन्य तैनाथी नगर्न चेतावनी दिएको थियो ।

दक्षिण कोरियाका शीर्ष कूटनीतिज्ञ चो ह्युन र इरानका विदेशमन्त्री अब्बास अराघचीबीच तेहरानको अनुरोधमा टेलिफोन वार्ता भएको हो ।

सियोलको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उनीहरूले ‘मध्यपूर्वको हालको अवस्था र हर्मुज जलसन्धि’ बारे छलफल गरेका छन् ।

मन्त्रालयका स्रोतले भनेको छ, “चोले हाम्रो स्पष्ट अडान राख्नुभएको छ ।सम्भावित तैनाथीबारे कुनै निर्णय भइसकेको छैन र हर्मुजमा स्वतन्त्र आवागमन पुनःस्थापित हुनुपर्ने कुरामा जोड दिनुभएको भएको छ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मित्र राष्ट्र दक्षिण कोरियालाई मध्यपूर्वको युद्धमा सहयोग गर्न बारम्बार दबाब दिनुभएको छ । एका छन्। उनले सियोलले विश्वको तेल आपूर्तिका लागि महत्वपूर्ण यो जलमार्ग सुरक्षित गर्न सहयोगको अनुरोध अस्वीकार गरेको बताएका छन्।

शुक्रबारको यो फोनवार्ता तेहरानले यस साताको सुरुमा दिएको चेतावनीपछि भएको हो । तेहरानले कुनै पनि दक्षिण कोरियाली सैन्य सहयोगले ‘गम्भीर परिणाम’ निम्त्याउने चेतावनी दिएको थियो।

दक्षिण कोरियाले हर्मुजको अवस्था बुझ्न तथ्य सङ्कलन टोली पठाएको जनाएको छ ।

फेब्रुअरी २८ मा अमेरिका–इरान युद्ध सुरु भएदेखि नै यो महत्वपूर्ण समुद्री मार्ग लगभग ठप्प जस्तै छ । यसले विश्वव्यापी ऊर्जा बजारमा ठूलो असर पारेको छ ।

हर्मुजमाथि नियन्त्रण राख्ने इरानको अडानका कारण इरान र अमेरिकाबीचको वार्ता अड्किएको छ । सामान्य अवस्थामा यो मार्गबाट विश्वको करिब पाँच भागको एक भाग तेल तथा अन्य इन्धन निर्यात हुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया