भाद्र २८, २०८३ आइतबार September 13, 2026

भोटेकोशी बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म राहत

चार जनाभन्दा बढी सदस्य भएको परिवारलाई भने थप प्रत्येक सदस्यबापत मासिक दुई हजार रुपैयाँ उपलब्ध गराइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ ।  रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहका प्रभावित परिवारलाई तत्काल राहत रकम उपलब्ध गराइने भएको छ।

मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार बाढीबाट प्रभावित परिवारलाई बसोबास तथा जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले राहत रकम उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ।

सरकारका अनुसार चार जनासम्म सदस्य भएका परिवारले मासिक १५ हजार रुपैयाँ राहत पाउनेछन्। चार जनाभन्दा बढी सदस्य भएको परिवारलाई भने थप प्रत्येक सदस्यबापत मासिक दुई हजार रुपैयाँ उपलब्ध गराइनेछ।

बाढीका कारण पूर्ण रूपमा क्षति भई बसोबास गर्न अयोग्य भएका निजी आवासका परिवारमध्ये होल्डिङ सेन्टरमा नबसी आफ्नै व्यवस्थामा अस्थायी बसोबास गर्न चाहने परिवारले मात्र यो राहत पाउनेछन्।

वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म बढीमा छ महिनासम्म राहत रकम उपलब्ध गराइने व्यवस्था गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
२०८३ भाद्र २८, आइतबार
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार