कार्तिक १९, २०८३ बिहिबार November 5, 2026

संस्थापन इतर समूहको निर्वाचन समिति संयोजकमा एकराज पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । नेपाली कांग्रेसको आसन्न १५ औँ महाधिवेशनको तयारीलाई लक्षित गर्दै संस्थापन इतर समूहले केन्द्रीय निर्वाचन समितिको संयोजक तोकेको छ।

कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम पार्टीका सहकर्मी नेता एकराज पोखरेल (सङ्खुवासभा) लाई केन्द्रीय निर्वाचन समितिको संयोजकमा तोक्ने निर्णय गरिएको हो। सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी २०८३ साल मङ्सिर २१, २२ र २३ गते काठमाडौँमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ । महाधिवेशनलाई मर्यादित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउने मुख्य जिम्मेवारीसहित इतर समूहले पोखरेललाई जिम्मेवारी दिएको हो।

cccc

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्त्वपूर्ण : महासचिव पोखरेल
२०८३ कार्तिक १९, बिहिबार
काठमाण्डु गोखार्जद्वारा विराटनगर किङ्स ९ विकेटले पराजित
२०८३ कार्तिक १९, बिहिबार
एनपीएलमा लुम्बिनी लायन्सको लगातार तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित
२०८३ कार्तिक १९, बिहिबार
त्रिवि शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
२०८३ कार्तिक १९, बिहिबार
सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन
२०८३ कार्तिक १९, बिहिबार
चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग
२०८३ कार्तिक १९, बिहिबार
‘आईजीपी हटाउनु सुशासन होइन, शक्ति प्रदर्शन हो’ : आङ्देम्बे
२०८३ कार्तिक १९, बिहिबार