भाद्र २९, २०८३ सोमबार September 14, 2026

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २९ भदौ : नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा आफूहरू सहमत हुन नसक्ने जनाएका छन् ।

देउवा समूहका शीर्षनेताहरूको आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने सो समूहका नेता एनपी साउदले जानकारी दिनुभयो । संस्थापन पक्षले आइतबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर १४ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधानबमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो ।

महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट संवोधन गर्न निरन्तर पहलकदमीका लागि सो निर्णय गएिको हो ।

यसअघि पूर्वसभापति देउवा समूहले गत साउन २९ गतेदेखि तीन दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । सो सम्मेलनपछि संस्थापनइतर पक्षले कांग्रेसको छुट्टै १५औँ महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।

संस्थापन पक्षले यस अघि नै पार्टीको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ सम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ । यसरी दुबै पक्षले छुट्टाछुट्टै १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको भए पनि सहमति र एकताको प्रयास भने दुबै पक्षबाट कायमै राखेको देखिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्णबहादुर खड्का सहित देउवाका प्रभावशाली नेताहरु १५औँ महाधिवेशनमा होमिदैं
२०८३ भाद्र २९, सोमबार
विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल
२०८३ भाद्र २९, सोमबार
नेवार समुदायमा चथा पर्व मनाइँदै
२०८३ भाद्र २९, सोमबार
‘युवा पुस्तासँग सहकार्य गर्दै देश विकासमा अघि बढ्छौँ’ : कुलमान घिसिङ
२०८३ भाद्र २९, सोमबार
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत
२०८३ भाद्र २९, सोमबार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने
२०८३ भाद्र २९, सोमबार
२ हजारभन्दा बढी गीतमा संगीत सिर्जना गरेका बाँस्कोटालाई एसियन प्रोफेसनल अवार्ड
२०८३ भाद्र २९, सोमबार