काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले युवा पुस्ताको अनुभव, क्षमता र ऊर्जालाई देश विकासमा उपयोग गर्ने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टीमा प्रवेश गरेका युवाहरूलाई स्वागत गर्दै अध्यक्ष घिसिङले नवप्रवेशीहरूको अनुभव र क्षमताका आधारमा पार्टीमा जिम्मेवारी दिइएको बताए।
उनले युवा पुस्तासँग सहकार्य गर्दै देश विकासका लागि काम गर्नु पार्टीको प्राथमिकता रहेको उल्लेख गरे। राजनीतिमा युवाको सहभागिता बढाउँदै उनीहरूको क्षमता र दक्षतालाई राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा घिसिङले दिवाकर अर्याल, कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रेउले, कालीप्रसाद चटौत, विष्णु पराजुली र दुर्गा अर्याललाई पार्टीमा प्रवेश गराएका थिए। पार्टीले उनीहरूलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको जनाएको छ।
युवा पुस्ताको सहभागिताले पार्टीको संगठन विस्तारसँगै नीति निर्माण र सार्वजनिक सरोकारका विषयमा नयाँ दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया