कार्तिक १९, २०८३ बिहिबार November 5, 2026

‘नागरिकको दुःखमा सत्ता पक्ष र प्रतिपक्ष हुँदैन’ : संसद राई

सरकारले भोटेकोशी विपत्तिमा परेका नागरिकले तत्काल राहतको अनुभूति हुनेगरी काम गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ३१ भदौः नेपाली कांग्रेसका सचेतक निष्कल राईले नागरिकको दुःखमा सत्ता पक्ष र प्रतिपक्ष हुन नहुने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै उहाँले भोटेकोशी बाढीपछिको विपद्मा पहिलो दिनदेखि नै आफूहरूले सरकारलाई साथ दिएको अवगत गराउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले सुरुदेखि नै सरकारसँग समन्वय गरेको हो । पीडित नागरिकसम्म पुगेको हो । सुरक्षा निकायको उद्धार प्रयासको सम्मान गरेको हो ।” सरकारले भोटेकोशी विपत्तिमा परेका नागरिकले तत्काल राहतको अनुभूति हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सचेतक राईले भोटेकोशी एउटा प्राकृतिक घटना मात्रै नभई यसले विपद् पूर्वतयारी, पूर्वसूचना प्रणाली, उद्धार क्षमता, अन्तरनिकाय समन्वय, पूर्वाधारको सुरक्षा र पुनःस्थापनामा राज्यको क्षमता र शासकीय नेतृत्वलाई परीक्षण गरेको घटना भएको उल्लेख गर्नुभयो । उहाँले पीडितलाई सुरक्षित ठाउँमा बसाल्ने, आवासको व्यवस्था गर्ने, जिविकोपार्जन पुनःस्थापित गर्ने, सडक–पुल–विद्युत–खानेपानी पुनःनिर्माण गर्ने र मनोसामाजिक पुनःस्थापना गर्ने स्पष्ट योजना आवश्यक रहेको उल्लेख गर्नुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्त्वपूर्ण : महासचिव पोखरेल
२०८३ कार्तिक १९, बिहिबार
काठमाण्डु गोखार्जद्वारा विराटनगर किङ्स ९ विकेटले पराजित
२०८३ कार्तिक १९, बिहिबार
एनपीएलमा लुम्बिनी लायन्सको लगातार तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित
२०८३ कार्तिक १९, बिहिबार
त्रिवि शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
२०८३ कार्तिक १९, बिहिबार
सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन
२०८३ कार्तिक १९, बिहिबार
चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग
२०८३ कार्तिक १९, बिहिबार
‘आईजीपी हटाउनु सुशासन होइन, शक्ति प्रदर्शन हो’ : आङ्देम्बे
२०८३ कार्तिक १९, बिहिबार