कार्तिक १९, २०८३ बिहिबार November 5, 2026

राप्रपा अर्घाखाँचीको अध्यक्षमा नारायण खनाल सर्वसम्मत

थप अन्य पदाधिकारी तथा सदस्यहरूको नाम पछि सार्वजनिक गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, ३१ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अर्घाखाँचीको अधिवेशनले नारायणप्रसाद खनाललाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

अधिवेशनले खनालको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति पनि निर्विरोध चयन गरेको अर्घाखाँची राप्रपाका पूर्वप्रवक्ता विनोद आचार्यले जानकारी दिए । थप अन्य पदाधिकारी तथा सदस्यहरूको नाम पछि सार्वजनिक गरिने उनले बताए ।

अध्यक्षमा सर्वसम्मत चयन भएका खनालले आगामी दिनमा पार्टीको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जिल्लाका समसामयिक विषयमा पार्टीको भूमिका प्रभावकारी बनाउने बताएका छन् ।

यसअघि अधिवेशनको उद्घाटन सत्रमा बोल्दै राप्रपाका केन्द्रीय उपाध्यक्ष ध्रुवबहादुर प्रधानले देशमा संकट परेका बेला सबै एकढिक्का हुन जरुरी रहेको बताएका थिए ।

उनले राष्ट्रिय हितका विषयमा एकता र सहकार्यको आवश्यकता औँल्याउँदै मुलुकको वर्तमान अवस्थालाई सम्बोधन गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे ।

प्रधानले देशको राजनीतिक, सामाजिक तथा आर्थिक अवस्थाबारे चर्चा गर्दै राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्त्वपूर्ण : महासचिव पोखरेल
२०८३ कार्तिक १९, बिहिबार
काठमाण्डु गोखार्जद्वारा विराटनगर किङ्स ९ विकेटले पराजित
२०८३ कार्तिक १९, बिहिबार
एनपीएलमा लुम्बिनी लायन्सको लगातार तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित
२०८३ कार्तिक १९, बिहिबार
त्रिवि शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
२०८३ कार्तिक १९, बिहिबार
सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन
२०८३ कार्तिक १९, बिहिबार
चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग
२०८३ कार्तिक १९, बिहिबार
‘आईजीपी हटाउनु सुशासन होइन, शक्ति प्रदर्शन हो’ : आङ्देम्बे
२०८३ कार्तिक १९, बिहिबार