असोज २, २०८३ शुक्रबार September 18, 2026

गणेशमानको आदर्श आत्मसात् गर्न कांग्रेसलाई सभापति गगन थापाको आह्वान

गणेशमान सिंह कठिन परिस्थितिमा समेत आफ्नो अडानबाट विचलित नहुने साहसी, त्यागी र निष्ठावान् नेता भएको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज २ गते । नेपाली कांग्रेसका सभापति गगन थापाले लौहपुरुष गणेशमान सिंहले देखाउनुभएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्दै पार्टीलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने बताउनुभएको छ ।

गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा शुक्रबार श्रद्धाञ्जली व्यक्त गर्दै सभापति थापाले लोकतन्त्रका लागि जीवन समर्पण गर्नुभएका सिंहको योगदान स्मरण गर्दै उहाँका आदर्शलाई संगठन र व्यवहारमा पुनः स्थापित गर्नुपर्नेमा जोड दिनुभएको हो ।

सभापति थापाले गणेशमान सिंह कठिन परिस्थितिमा समेत आफ्नो अडानबाट विचलित नहुने साहसी, त्यागी र निष्ठावान् नेता भएको उल्लेख गर्नुभएको छ ।

“समय बदलिएको छ, चुनौती बदलिएका छन् । तर लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन समयमा सही पक्षमा उभिने साहसको आवश्यकता झन् बढेको छ,” उहाँले भन्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया