असोज ९, २०८३ शुक्रबार September 25, 2026

पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

सडक अवरुद्ध भएसँगै हजारौं यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन। बिहीबारदेखिको अविरल वर्षाका कारण ठाउँ-ठाउँमा खसेको पहिरो र सम्भावित जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ।

अविरल वर्षाले कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग पुनः पूर्ण रूपमा अवरुद्धचितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहीबार राति ८:०० बजेदेखि आज बिहान ५:०० बजेसम्मका लागि ती राजमार्गमा सवारी आवागमन रोकिएकामा निरन्तरको वर्षा नरोकिएपछि अर्को सूचना नआएसम्मका लागि सडक बन्द कायम राखिएको हो।

पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेकाले सुरक्षालाई ध्यानमा राख्दै चितवन खण्डमा सवारीसाधनको आवागमन रोकिएको उनले जानकारी दिए।

देशका मुख्य राजमार्गका रूपमा रहेका यी सडक खण्डहरूमध्ये नारायणगढ-मुग्लिन सडक भएर दैनिक १० हजारभन्दा बढी र पृथ्वी राजमार्ग भएर १४ हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुने गर्दछन्। सडक अवरुद्ध भएसँगै हजारौं यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोले कान्ति लोकपथ अवरुद्ध, यातायात सेवा प्रभावित
२०८३ असोज ९, शुक्रबार
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना, कूटनीतिक दायरा १८७ मुलुकमा पुग्यो
२०८३ असोज ९, शुक्रबार
पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक अनिश्चितकालका लागि बन्द
२०८३ असोज ९, शुक्रबार
अविरल वर्षाले बीपी राजमार्ग अवरुद्ध
२०८३ असोज ९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८३ असोज ९, शुक्रबार
राजस्व संकलन १५.४ प्रतिशतले बढ्यो: असोज ७ गतेसम्म २ खर्ब २ अर्बभन्दा बढी संकलन
२०८३ असोज ९, शुक्रबार
Foreign Minister Khanal attends meeting of ‘Group of Friends of Mediation’
२०८३ असोज ८, बिहिबार