असार २, २०८३ मंगलबार June 16, 2026

बिस्कुटको स्वाद चाख्ने जागिर खुल्यो, वार्षिक ६० लाख तलब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना महामारीका बेला धेरै व्यक्तिको रोजगारी गुमेको छ । कतिपय कम्पनी र अर्थतन्त्रमा धक्का लागेको छ । तर स्कटल्यान्डको एक बिस्कुट उत्पादक कम्पनीले आकर्षक जागिर खोलेको छ, आवेदकले बिस्कुट चाख्ने काम गर्नुपर्नेछ ।

‘बर्डर बिस्किट्स’ कम्पनीले आवेदकसँग ‘मास्टर बिस्किटर’ पदमा आवेदन मागेको छ, आवेदकलाई बिस्कुटको स्वाद र बिस्कुट निर्माणबारे समझ हुनुपर्ने छ । ‘द इन्डिपेन्डेन्ट’मा प्रकाशित रिपोर्ट अनुसार आवेदकमा नेतृत्व र कुराकानी गर्ने कला समेत हुनुपर्नेछ ।

कम्पनीका प्रबन्ध निर्देशक पल पार्किसले बिस्कुटप्रति चासो र लगाव भएका व्यक्तिका लागि यो राम्रो अवसर भएको जनाएका छन् । आवेदकहरूको क्षमता प्रयोग गरेर उत्कृष्ट बिस्कुट उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

कम्पनीमा जागिर सुनिश्चित भएपछि वार्षिक तलब ४० हजार पाउन्ड अर्थात् ६० लाख रुपैयाँ पाइने छ । जागिरका क्रममा वार्षिक ३५ दिन बिदा समेत पाइने छ । यो पूर्णकालीन जागिर हुने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वकपमा अर्को सनसनी नजिक पुगेको साउदी, उरुग्वेले अन्तिममा गर्यो बराबरी
२०८३ असार २, मंगलबार
विश्वकपमा बेल्जियमको निराशाजनक सुरुआत, इजिप्टसँग खेल्यो बराबरी
२०८३ असार २, मंगलबार
नेपाल र चीनबीच एकअर्काका संवेदनशीलताप्रति साझा प्रतिबद्धता
२०८३ असार १, सोमबार
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
२०८३ असार १, सोमबार
गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा
२०८३ असार १, सोमबार
कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा
२०८३ असार १, सोमबार
कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत
२०८३ असार १, सोमबार