असोज १२, २०८३ सोमबार September 28, 2026

‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ : मुख्यमन्त्री थापा

सङ्घ सरकार, प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रबीच समन्वय तथा सहकार्य गरेर पुनःस्थापना र पुनःनिर्माण अघि बढाउने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ख्वप (भक्तपुर), १२ असोजः बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपीडितको पुनःस्थापना र प्रभावित क्षेत्रमा पुनःनिर्माण गरी पुरानै अवस्थामा फर्काउन पूर्वाधार निर्माणलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।

भक्तपुर उद्योग वाणिज्य सङ्घद्वारा वस्तु तथा सेवा निर्यात गर्ने उद्योगी, कार्गो व्यवसायी, निर्यातकर्तालगायत सरोकार भएका निकायसँग आयोजित छलफल कार्यक्रममा उहाँले सङ्घ सरकार, प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रबीच समन्वय तथा सहकार्य गरेर पुनःस्थापना र पुनःनिर्माण अघि बढाउने बताउनुभयो ।

बागमती प्रदेश सरकारले प्रभावित क्षेत्रमा पुगेर सुरुवाती चरणमा उद्धार कार्यसँगै खाद्यान्नलगायत राहत वितरण गरेको र अहिले पुनःस्थापना र पुनःनिर्माणमा लागिपरेको उहाँंले बताउनुभयो । राज्य एक्लैले चाहेर मात्र बाढी प्रभावित क्षेत्रमा सबै काम गर्न नसक्ने भन्दै उहाँले सहकार्यका लागि निजी क्षेत्रलगायत विभिन्न सङ्घ संस्थासँग छलफल गरिरहेको बताउनुभयो ।

कार्यक्रमपछि जिल्लाको आधुनिक एवं व्यावसायिक कृषि, दिगो पर्यटन र निर्यातमुखी हस्तकला, औद्योगिक तथा व्यावसायिक विकास लागि सङ्घको तर्फबाट १३ बुँदे माग एवं सुझावसहितको पत्रसमेत मुख्यमन्त्री थापालाई हस्तान्तरण गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै
२०८३ असोज १२, सोमबार
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार
पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु
२०८३ असोज १२, सोमबार
अविरल वर्षाले विद्युत् संरचनामा क्षति
२०८३ असोज १२, सोमबार