असोज १३, २०८३ मंगलबार September 29, 2026

दलित युवाको हत्याका मुख्य आरोपी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः रौतहटका निरञ्जन रामको हत्याका मुख्य आरोपी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गरुडा नगरपालिका–८, जिंगडिया निवासी निरञ्जनको हत्याका मुख्य आरोपी सोही ठाउँका राजगीर साह बनियाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डिएसपी रवि रावलका अनुसार हत्यापछि फरार रहेका बानियाँलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले बिहीबार पक्राउ गरेकोे हो । घटनाबारे थप अनुसन्धान भईरहेको उनको बताको छ ।

पक्राउ परेका साहले सुपारी दिएर निरञ्जनको हत्या गराएको पीडित परिवारको दावी छ । गत साउन ३१ गते राति गाउँभन्दा केही पर दलित समुदायका २० वर्षीय निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटी हत्या भएको थियो ।

उक्त घटनामा संलग्न रहेको आरोपमा ७ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये विजय महरा प्रहरी हिरासतमै बिरामी परेपछि उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा पठाइएकोमा भदौ १० गते राति उनको मृत्यु भएको थियो । उनको मृत्युपछि दलित समुदायले प्रहरीविरुद्ध आन्दोलन थालेका थिए ।

साथै प्रहरीको चरम यातनाका कारण महराको मृत्यु भएको भन्दै आफन्तले लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए । लगत्तै गृह मन्त्रालयद्वारा उपसचिवको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन टोलीले रौतहटका तत्कालीन एसपी रविराज खड्का र गरुडाका प्रहरी प्रमुख एवं डिएसपी ज्ञानकुमार महतोलाई कारबाही गर्न सिफारिस गरेको थियो भने प्रहरी निरीक्षक नविनकुमार सिंह, सई विरेन्द्र यादव सहित ८ जना निलम्बनमा परेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार