असोज १४, २०८३ बुधबार September 30, 2026

भोटेकोशी-त्रिशूली विपद् संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली चयन

समितिलाई हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र जलवायु न्यायका विविध आयामबारे विस्तृत अध्ययन गर्ने जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा सांसद गणेश पराजुली सर्वसम्मत चयन भएका छन्। सिंहदरबारस्थित सङ्घीय संसद्को कार्यव्यवस्था हलमा बुधबार बसेको समितिको पहिलो बैठकले उनलाई सभापतिमा चयन गरेको हो।

रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि त्यसको कारण, प्रभाव र विपद्पछिको अवस्थाबारे अध्ययन गर्न प्रतिनिधि सभाले असोज ५ गते १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो। पहिलो बैठक बसेको मितिले ३ महिना कार्यावधि तोकिएको यस समितिले बुधबारदेखि नै आफ्नो औपचारिक काम सुरु गरेको छ।

समितिलाई हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र जलवायु न्यायका विविध आयामबारे विस्तृत अध्ययन गर्ने जिम्मेवारी दिइएको छ। यसक्रममा हिमाली क्षेत्रको तापक्रम, हिमपात, हिमनदी, हिमताल तथा जलाधारमा भइरहेको परिवर्तन र त्यसबाट सिर्जित जोखिमसम्बन्धी अध्ययन तथा तथ्याङ्कको समीक्षा गरिनेछ। साथै, वैज्ञानिक अनुसन्धान र अनुगमनलाई थप प्रभावकारी बनाउने उपायहरू समेत समितिले सिफारिस गर्नेछ।

यसैगरी, भोटेकोशी–त्रिशूली क्षेत्रमा घटेको विपद्को उत्पत्ति, घटनाक्रम र जोखिम बढाउने कारकहरूको वैज्ञानिक तथा विज्ञ प्रमाणका आधारमा अध्ययन गरिनेछ। यस विपद्को जलवायु परिवर्तन र सीमापार जलाधारसँग हुन सक्ने सम्बन्ध तथा तल्लो तटीय क्षेत्रमा परेको असरको समेत समीक्षा गर्ने कार्यादेश समितिलाई छ।

समितिले प्रभावित नागरिकको खोज, उद्धार, राहत, अस्थायी बसोबास र पुनःस्थापनाको अवस्थाको अध्ययन गरी तत्काल तथा मध्यमकालीन सुधारका उपाय सिफारिस गर्नेछ। प्रभावित क्षेत्रमा दिगो तथा सुरक्षित पुनर्निर्माणका लागि आवश्यक मार्गचित्रबारे सुझाव दिने जिम्मेवारी पनि समितिलाई तोकिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार