वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

अन्ततः बालुवाटारबाटै पक्राउ परे महराः सिंहदरबार बृतमा राखेर अनुसन्धान शुरू गरिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोपमा बानेश्वर प्रहरीमा शनिवार किटानी जाहेरी परेसँगै प्रहरीको टोलीले महरालाइ बालुवाटार स्थित सभामुखको सरकारी निवाशबाट पक्राउ गरेको हो ।

निवर्तमान सभामुख महरालाई पक्राउ गर्न महानगरीय प्रहरी बृत बानेश्वरका प्रहरी नायब उपरिक्षकको टोली सभामुखको सरकारी निवाश बालुवाटार पुगेको थियो ।

यौन दुर्व्यबहार अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले निजी गाडीमा जाने र प्रहरीको गाडी नचढ्ने अडान लिएपछि प्रहरीले बा १८ च ४०० नम्बरको रातो निजी गाडीको व्यवस्था गरेको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले आईतबार नै महरालाई पक्राउ गरी अनुसन्धान गर्न पक्राउ पुर्जी दिएको थियो ।

पक्राउ परेसँगै महरालाई हिरासतमा लिएर सो घटनामाथि थप छानबिन गर्न प्रहरीलाई बाटो खुलेको छ । आईतबार साँझ ६ बजे पक्राउ परेका महरालाइ सिंहदरबार बृतमा राखेर अनुसन्धान शुरू गरिने भएको छ ।

बुधबारसम्म सरकारी विदा तथा बिहिबार  भएकोले सरकारी अदालतहरू पूर्व प्रधानन्यायधीश केदारप्रसाद उपाध्यायको निधनको शोकमा बन्द हुने भएकोले शुक्रबार मात्रै अदालतमा मुद्धा प्रकृया अघि बढाउने महानगरिय प्रहरी परिसर काठमाण्डौंको तयारी रहेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार