असोज १७, २०८३ शनिबार October 3, 2026

विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो हुँदै

नयाँ प्रविधिको प्रयोग र सम्भावनाबारे जानकारी लिने अवसर प्रदान गर्ने आयोजकको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विराटनगर । फोटोग्राफर संघ मोरङले फोटो तथा भिडियो क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो आयोजना गर्ने भएको छ ।

संघले असोज १७ र १८ गते विराटनगरस्थित आरके पार्टी प्यालेसमा एक्स्पो आयोजना गर्न लागेको हो । एक्स्पोमा स्थानीय फोटोग्राफर तथा भिडियोग्राफरले खिचेका विभिन्न फोटो तथा भिडियो प्रदर्शनीमा राखिने छ ।

एक्स्पो संयोजक एकराज श्रेष्ठका अनुसार नयाँ पुस्तालाई फोटोग्राफी तथा भिडियोग्राफी क्षेत्रमा भित्रिएका नवीन प्रविधिबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

एक्स्पोका क्रममा फोटो तथा भिडियो सम्पादनसम्बन्धी तालिमका साथै कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोगसम्बन्धी प्रशिक्षणसमेत सञ्चालन गरिने छ । पछिल्लो समय फोटो तथा भिडियो क्षेत्रमा एआईलगायत नयाँ प्रविधिको प्रयोग बढ्दै गएकाले त्यसको व्यावहारिक प्रयोगबारे जानकारी दिने तयारी गरिएको आयोजकले जनाएको छ ।

फोटोग्राफी तथा भिडियोग्राफी व्यवसायमा आबद्ध जनशक्तिलाई नयाँ प्रविधिसँग जोड्नुका साथै स्थानीय प्रतिभाको सिर्जना र कामलाई प्रवद्र्धन गर्ने एक्स्पोको उद्देश्य रहेको संघले जनाएको छ ।

फोटोग्राफर संघ मोरङमा हाल १७२ जना सदस्य आबद्ध छन् । एक्स्पोले जिल्लाका फोटोग्राफर तथा भिडियोग्राफरबीच अनुभव आदानप्रदानसँगै नयाँ प्रविधिको प्रयोग र सम्भावनाबारे जानकारी लिने अवसर प्रदान गर्ने आयोजकको अपेक्षा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार
मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा
२०८३ असोज १७, शनिबार
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
२०८३ असोज १७, शनिबार
‘सांस्कृतिक राजा’को अवधारणासहित माओवादीले राजासँग सहकार्य खोजेको थियो : कमल थापा
२०८३ असोज १७, शनिबार
एसियाली खेलकुद : श्रीलंकाले जित्यो क्रिकेटमा कास्य पदक
२०८३ असोज १७, शनिबार
विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो हुँदै
२०८३ असोज १७, शनिबार
प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल
२०८३ असोज १७, शनिबार