काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गोरखा–२ बाट महाधिवेशन प्रतिनिधि अब्दुल सत्तारले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
सत्तारले आइतबार बिहान ललितपुरको कुपोन्डोलमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्दै उनले पार्टीलाई थप सुदृढ, समावेशी र प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी रहेको बताए।
सत्तार नेपाली कांग्रेसको केन्द्रीय सदस्यका रूपमा सक्रिय छन्। गोरखा–२ बाट महाधिवेशन प्रतिनिधि रहेका उनले १५औँ महाधिवेशनमा सहमहामन्त्री पदका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया