असोज १९, २०८३ सोमबार October 5, 2026

जसपाका चार नेताले छाडे उपेन्द्र यादवकाे साथ, ‘हुंकार मधेश’ अभियानमा जाेडिए

अब कुनै दलगत जिम्मेवारीमा नरही पूर्णकालिक रूपमा ‘हुंकार मधेश’ अभियानमा सक्रिय हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रौतहट, १८ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना नेताले पार्टीको जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका छन्।

पूर्वसंघीय सांसद तथा शहीद परिवारकी सदस्य इन्दुकुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमनले आइतबार राजीनामा दिएका हुन्।

राजीनामा दिने नेताहरूले आफूहरू अब कुनै दलगत जिम्मेवारीमा नरही पूर्णकालिक रूपमा ‘हुंकार मधेश’ अभियानमा सक्रिय हुने बताएका छन्।

उनीहरूको यो निर्णयलाई पछिल्लो समय मधेशमा वैकल्पिक राजनीतिक अभियान र संगठन निर्माणको बहस तीव्र बन्दै गएको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ। जसपाबाट चार नेताको एकैपटक बाहिरिनुले पार्टीभित्रको असन्तुष्टि मात्र होइन, मधेश केन्द्रित नयाँ राजनीतिक धारप्रतिको आकर्षणसमेत संकेत गरेको देखिन्छ।

‘हुंकार मधेश’ अभियानको औपचारिक घोषणा २०८३ असोज ९ गते गरिएको थियो। अभियानले मधेशका मुद्दा, अधिकार र जनसरोकारका विषयलाई केन्द्रमा राख्दै छिट्टै सयदिने ‘मेची–महाकाली हुलाकी पुनर्जागरण यात्रा’ सुरु गर्ने घोषणा गरिसकेको छ।

विशेषगरी पूर्वसांसद, अनुभवी राजनीतिक कार्यकर्ता, कानुन व्यवसायी र युवा नेतृत्व एउटै अभियानमा संगठित हुनुले ‘हुंकार मधेश’ लाई केवल अभियानमा सीमित नराखी दीर्घकालीन राजनीतिक विकल्पका रूपमा विकास गर्ने प्रयास भइरहेको संकेत गरेको छ।न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
२०८३ असोज १९, सोमबार
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार