असोज १८, २०८३ आइतबार October 4, 2026

घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ

गोली लागेर घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ दरखसवाबाट हराएकी १० वर्षीया बालिका सकुशल फेला परेकी छन् ।

बालिका हराएको सूचनापछि प्रहरीले खोजतलास गर्ने क्रममा असोज १६ गते तिलोत्तमा–१० चक्रहवा जंगलबाट उनलाई सकुशल फेला पारेको थियो ।

बालिका अपहरणमा संलग्न रहेका तिलोत्तमा–१० शान्तिनगरका अन्दाजी २७ वर्षीय युवराज थारुलाई असोज १८ गते राति दरखसवास्थित धानबारीबाट नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडामुनि गोली प्रहार गरेको हो ।

गोली लागेर घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय, बुटवलबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे
२०८३ असोज १८, आइतबार
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु, शीर्ष नेताको जमघट
२०८३ असोज १८, आइतबार
कर्णाली प्रदेशमा मंसिर १६-२७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैं
२०८३ असोज १८, आइतबार