असोज १९, २०८३ सोमबार October 5, 2026

रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

इँटाभट्टामा काम गर्न आएका १२ पुरुष, ११ महिला, १० बालक र नौ बालिका गरी ४२ जनालाई उद्धार गरी भारतीय एसएसबीलाई हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रौतहट, १९ असोजः प्रहरीले रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित एक इटाँभट्टामा काम गर्न आएका ४२ जना भारतीय नागरिकको उद्धार गरी स्वदेश फर्काएको छ ।

भारतीय ठेकेदारमार्फत लक्ष्मीपुरस्थित मदिना इँटाभट्टामा काम गर्न आएका १२ पुरुष, ११ महिला, १० बालक र नौ बालिका गरी ४२ जनालाई अलपत्र परेको अवस्थामा उद्धार गरी आज भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिनुभयो ।

इटाँभट्टा सञ्चालक मोहम्मद मुजामिलले रासनखर्च व्यवस्थापनका लागि भनी चारदिनअघि आफूसँग भारु छ लाख लिई गएका भारतीय ठेकेदर मोहम्मद नासिर सम्पर्कविहीन भएपछि कामदार अलपत्र परेको जानकारी दिनुभयो । आगामी असारसम्म इटाँभट्टामा काम गर्नेगरी उत्तर प्रदेश मुररावादबाट ल्याइएका आश्रित परिवारसहिका कामदार ठेकेदार एक्कासी सम्पर्कविहीन भएपछि प्रहरीलाई जानकारी गराएको उहाँले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक गौतमले बाहिरबाट कामदार ल्याई अलपत्र पार्ने भारतीय ठेकेदारको खोजी भइरहेको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
२०८३ असोज १९, सोमबार
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार