असोज १९, २०८३ सोमबार October 5, 2026

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

सैनिक कूटनीतिमार्फत परराष्ट्र नीति सुदृढ गर्न प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल बेलायती सेनाका चिफ अफ जनरल स्टाफ रोली वाल्करको निमन्त्रणामा बेलायत प्रस्थान गर्नुभएको छ।

नेपाली सेनाका अनुसार प्रधान सेनापति सिग्देल असोज २५ गतेसम्म बेलायत भ्रमणमा रहनुहुनेछ। भ्रमणका क्रममा उहाँले बेलायती सेनाका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै नेपाल–बेलायतबीचको सैनिक सम्बन्ध, पारस्परिक सहयोग तथा सहकार्यका विषयमा छलफल गर्नुहुने कार्यक्रम रहेको छ।

नेपाल र बेलायतबीच लामो समयदेखि कायम रहेको सैनिक सम्बन्धलाई थप सुदृढ बनाउन प्रधान सेनापतिको भ्रमण महत्वपूर्ण हुने नेपाली सेनाले जनाएको छ। दुई देशका सेनाबीच तालिम, अनुभव आदानप्रदान, संयुक्त अभ्यास तथा विभिन्न क्षेत्रमा हुँदै आएको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत भ्रमणका क्रममा छलफल हुने अपेक्षा गरिएको छ।

नेपाली सेनाका अनुसार भ्रमणले सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा योगदान पुर्‍याउने विश्वास गरिएको छ। प्रधान सेनापतिको बेलायत भ्रमणलाई नेपाल–बेलायतबीचको द्विपक्षीय सैनिक सम्बन्धलाई थप विस्तार गर्ने अवसरका रूपमा समेत हेरिएको छ।

प्रधान सेनापति सिग्देल विदेश भ्रमणमा रहनुभएका अवधिमा बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्नुहुनेछ।

नेपाली सेनाको नेतृत्वको नियमित जिम्मेवारी हस्तान्तरणअन्तर्गत बलाधिकृत रथी केसीले प्रधान सेनापति सिग्देल स्वदेश नफर्किएसम्म कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी निर्वाह गर्नुहुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
२०८३ असोज १९, सोमबार
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार