असोज २०, २०८३ मंगलबार October 6, 2026

गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा जाँदै

असोज २६ गते भारत प्रस्थान गर्ने तयारीमा गृहमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको पहल) को बैठकमा सहभागी हुन भारत जाने भएका छन् ।

गृह मन्त्रालयका अनुसार गृहमन्त्री गुरुङ असोज २६ गते (अक्टोबर १२) भारत प्रस्थान गर्ने तयारीमा छन् । बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड गरी सात देशका गृहमन्त्री सहभागी हुनेछन् ।

बैठकमा सदस्य राष्ट्रहरूबीच गृह सुरक्षा तथा आपसी सहयोगका विषयमा छलफल हुने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया