असोज २१, २०८३ बुधबार October 7, 2026

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले गरे उम्मेदवारी दर्ता

खुलातर्फ महामन्त्री पदका लागि पौडेलसँगै गुरुराज घिमिरे, उदयशमशेर राणा, मधु आचार्य, नैनसिंह महर, सुनीलकुमार शर्मा प्रतिष्पर्धामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।

पौडेलले आज उम्मेदवारी दर्ता गराएका हुन्। उनले सभापति गगनकुमार थापाको नेतृत्वमा कांग्रेसलाई अघि बढाउन आफूले महामन्त्री पदमा निरन्तरता खोजेको यसअघि नै बताएका थिए।

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार मनोनयन दर्ता भइरहेको छ। जारी महाधिवेशनको बन्दसत्रबाट विधान संशोधन गर्दै महामन्त्रीको संख्या तीन पुर्‍याइएको छ।

तीनमध्ये एक पदमा महिला महामन्त्री अनिवार्य हुने व्यवस्था गरिएको छ।

पौडेल यसअघि विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए। यसपटक भने उनले खुलातर्फबाट महामन्त्री पदमा प्रतिस्पर्धा गर्दै छन्।

खुलातर्फ महामन्त्री पदका लागि पौडेलसँगै गुरुराज घिमिरे, उदयशमशेर राणा, मधु आचार्य, नैनसिंह महर, सुनीलकुमार शर्मालगायत नेताहरूले पनि आकांक्षा देखाएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काँग्रेस महाधिवेशनः १० बजेदेखी मतदान, कुन प्रदेशको कहाँ, हेर्नुहोस् ?
२०८३ असोज २१, बुधबार
मन्त्रिपरिषद् बैठक : अध्यादेश सिफारिसदेखि उच्चपदस्थ कर्मचारीको बढुवासम्म
२०८३ असोज २१, बुधबार
Money Laundering Department Raids Homes of Former Chief Justice Rana and Associates
२०८३ असोज २१, बुधबार
संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै
२०८३ असोज २१, बुधबार
उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित
२०८३ असोज २१, बुधबार
महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन पारित
२०८३ असोज २१, बुधबार
कांग्रेसको महाधिवेशन ऐतिहासिक, नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे
२०८३ असोज २१, बुधबार