असोज २१, २०८३ बुधबार October 7, 2026

काँग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन

कांग्रेसको १५औँ महाधिवेशत तीन दिनदेखि काठमाण्डौंमा जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज २० गते । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदका लागि मनोनयन दर्ता गराउनुभएको छ । उहाँले वारिसमार्फत मनोनयन दर्ता गराउनुभएको हो ।

शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसका रूपमा उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पद नयाँ थप गरिएको हो । यो पदलाई सभापतिपछिको वरीयतामा राखिएको छ ।

कांग्रेसको १५औँ महाधिवेशत तीन दिनदेखि जारी छ । आज साँझ ६ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया