असोज २०, २०८३ मंगलबार October 6, 2026

जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल

धादिङका विभिन्न स्थानीय तहका टोल तथा बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य जगदीश खरेलले जनताको समस्या, अपेक्षा र जनप्रतिनिधिप्रतिको धारणा प्रत्यक्ष रूपमा बुझ्न पार्टीले ‘हामी आउँदैछौँ’ अभियान सञ्चालन गरेको बताउनुभएको छ ।

रास्वपा धादिङले आज धादिङबेसीमा आयोजना गरेको अभियान शुभारम्भ कार्यक्रममा उहाँले निर्वाचनका बेला मात्रै जनताको घरदैलोमा पुग्ने राजनीतिक प्रवृत्तिको अन्त्य गर्दै नागरिकसँग नियमित संवाद गर्न अभियान सुरु गरिएको बताउनुभयो । “सिंहदरबार र जनताको घरबीचको दूरी बढ्दा जनताको सुखदुःख बुझ्न सकिँदैन”, उहाँले भन्नुभयो, “त्यसैले जनताको घरदैलोमै पुगेर उहाँहरूको समस्या, चाहना र अपेक्षा बुझ्न हामी आएका हौँ ।”

प्रवक्ता खरेलले अभियानका क्रममा वडा तहसम्मका पार्टी नेता तथा कार्यकर्तासँग छलफल गरी प्राप्त सुझावलाई पार्टीको नीति निर्माण र सङ्गठनात्मक सुधारमा उपयोग गरिने बताउनुभयो । प्रतिनिधिसभा सदस्य एउटा निर्वाचन क्षेत्रमा मात्र सीमित नभई देशभरका नागरिकका सवाल उठाउन जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो ।

धादिङ आउने क्रममा बाढीबाट क्षतिग्रस्त सडक र पुलको अवस्था प्रत्यक्ष देखेको उल्लेख गर्दै उहाँले क्षतिग्रस्त पूर्वाधारको शीघ्र पुनःनिर्माण आवश्यक रहेको बताउनुभयो । भोटेकोशी बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गर्नुभयो ।

अभियानका लागि प्रवक्ता खरेलसँगै प्रतिनिधिसभा सदस्य बसुमाया तामाङ, डा राम लामा र पार्टीकी केन्द्रीय सदस्य सुशीला कार्की धादिङ आउनुभएको छ । रास्वपा धादिङका सभापति राजन अर्यालका अनुसार टोलीले धादिङका विभिन्न स्थानीय तहका टोल तथा बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय भएको छ । अभियानका क्रममा स्थानीय समस्या, सुझाव र अपेक्षा सङ्कलन गरी पार्टीको केन्द्रीय तहसम्म पुर्‍याइने उहाँले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Communication Ministry signs performance agreement with subordinate bodies
२०८३ असोज २०, मंगलबार
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
२०८३ असोज २०, मंगलबार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
२०८३ असोज २०, मंगलबार
यस वर्षको दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे उत्तम
२०८३ असोज २०, मंगलबार
पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता
२०८३ असोज २०, मंगलबार
कांग्रेस महाधिवेशनमा ७ हजार २५५ मतदाता कायम, शीर्ष पदमा ३० जनाको उम्मेदवारी
२०८३ असोज २०, मंगलबार
‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्छ’ – अध्यक्ष अञ्जन श्रेष्ठ
२०८३ असोज २०, मंगलबार