असोज २३, २०८३ शुक्रबार October 9, 2026

सशस्त्र प्रहरीका एआईजी दाहाल बर्खास्त

अनुशासनहीन कार्य गरेको र संस्थाको छविमा आँच पुर्‍याएको कसुर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिअनुसार आचरणसम्बन्धी नियम बारम्बार उल्लङ्घन गरेको, अनुशासनहीन कार्य गरेको र संस्थाको छविमा आँच पुर्‍याएको कसुरमा दाहाललाई २०८३ असोज २३ गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको हो।

संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले दाहाललाई असोज १९ गते पदबाट निलम्बन गरी घटनाबारे जाँचबुझ गर्न समिति गठन गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया