असोज २५, २०८३ आइतबार October 11, 2026

धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता

प्रतियोगितामा सहभागी प्रतिस्पर्धी सबै टोलीले धिमेबाजा टोलीलाई नगरपालिकाले नगद रु पाँच हजार तथा प्रमाणपत्र प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर । नगद रु ७५ हजार पुरस्कारसहित सूर्यविनायक नगरपालिका–१ सिरुटारको नासः धिमे खलःले सूर्यविनायक नगरस्तरीय धिमेबाजा प्रतियोगिता–२०८३ को विजेता बन्न सफल भएको छ ।

आज सूर्यविनायक गणेश मन्दिर परिसरमा सूर्यविनायक नगरपालिकाले आयोजना गरेको धिमेबाजा प्रतियोगितामा नगद पुरस्कारसहित प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेको छ । सूर्यविनायक–१ कै लुनिभा धिमे बाजा खलःले दोस्रो हुँदै रु ५० हजार नगद पुरस्कारसहित प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेको छ ।

नगरभित्रका १३ वटा धिमे बाजा टोलीको प्रतिस्पर्धामा वडा नं १० को सिमलटार बाजा खलले तेस्रो स्थान प्राप्त गर्दै नगद रु २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा सहभागी प्रतिस्पर्धी सबै टोलीले धिमेबाजा टोलीलाई नगरपालिकाले नगद रु पाँच हजार तथा प्रमाणपत्र प्रदान गरेको छ । त्यसैगरी नगर प्रमुखले आफ्नो व्यक्तिगततर्फबाट सहभागी १० वटा टोलीलाई थप रु पाँच पाँच हजार प्रदान गर्ने घोषणा पनि गर्नुभएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले उद्घाटन गर्नुभएको प्रतियोगिताको समापनमा नगर प्रमुख वासुदेव थापाले विजयी टिमलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु, बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी
२०८३ असोज २५, आइतबार
बेनी-जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ प्रस्थान
२०८३ असोज २५, आइतबार
पाकिस्तानमा इमरान खानको पार्टीको सरकार बर्खास्त
२०८३ असोज २५, आइतबार
बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर
२०८३ असोज २५, आइतबार
चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय
२०८३ असोज २५, आइतबार
साउदी विमानस्थलमा हुथी आक्रमणको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा
२०८३ असोज २५, आइतबार
एमालेको ‘मिसन पार्टी जागरण अभियान’: कोटेश्वरमा ‘६-ज’ नीतिबारे अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला
२०८३ असोज २५, आइतबार