असोज २६, २०८३ सोमबार October 12, 2026

चुनावी परिणाम आफ्नो पक्षमा नआए पनि पार्टी र जनताको सेवा गर्छु : डा. सुनिल शर्मा

पार्टी रूपान्तरण र नागरिकको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार बनेका डा. सुनिलकुमार शर्माले चुनावी परिणाम आफ्नो पक्षमा नआए पनि पार्टी र जनताको सेवा गर्ने आफ्नो पवित्र भावना कहिल्यै नमर्ने भावुक प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्ना भावना व्यक्त गर्दै उनले महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई कार्यकालको शुभकामना तथा बधाई दिएका छन्।

साथै, आफूप्रति विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधिहरू र कठिन चुनावी अभियानमा हरदम साथ र माया दिने सम्पूर्ण शुभचिन्तकहरूप्रति उनले गहिरो कृतज्ञता प्रकट गरेका छन्।

निर्वाचनको मतपरिणामले आफूलाई पराजित गराए पनि पार्टीको रूपान्तरण गर्ने आफ्नो अटल सङ्कल्पलाई भने कुनै असर नपारेको उनले प्रष्ट पारेका छन्। आफ्नो भावना व्यक्त गर्दै उनले भनेका छन्, “पदमा रहेर वा नरहेर, पार्टी र देशका दूरदराजमा बसोबास गर्ने आम नागरिकको सेवामा समर्पित थिएँ र रहनेछु।”

नेपाली कांग्रेसलाई थप जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी पार्टीका रूपमा उभ्याउने आफ्ना सपना र प्रतिबद्धताहरू अझै जीवित रहेको उल्लेख गर्दै उनले पार्टीभित्र सकारात्मक परिवर्तन, बलियो सङ्गठन र जनउत्तरदायी राजनीतिक संस्कार बसाउन आफू सधैँ लागिपर्ने बताएका छन्।

लोकतन्त्रको सुन्दर पक्ष नै प्रतिस्पर्धा भएको उल्लेख गर्दै उनले सबै नेता, कार्यकर्ता र नवनिर्वाचित पदाधिकारीहरूसँग हातेमालो गरेर पार्टी र जनताको हितमा काम गर्ने दृढ अठोट व्यक्त गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामान्य बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
२०८३ असोज २६, सोमबार
पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ
२०८३ असोज २६, सोमबार
एनएमबी बैंकको ‘लुप क्रेडिट’ र मासिक किस्ताबन्दी (ईएमआई) सेवा सुरु
२०८३ असोज २६, सोमबार
पृथ्वी राजमार्ग आज बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने
२०८३ असोज २६, सोमबार
चुनावी परिणाम आफ्नो पक्षमा नआए पनि पार्टी र जनताको सेवा गर्छु : डा. सुनिल शर्मा
२०८३ असोज २६, सोमबार
प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने संसदीय सुनुवाइ समितिको निर्णय
२०८३ असोज २६, सोमबार
एमालेको च्यासलस्थित केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी फिर्ता
२०८३ असोज २६, सोमबार