असार २३, २०८२ सोमबार July 7, 2025

६ ओटा स्थानीयतहमा वाणिज्य बैंकको शाखा विस्तार हुन अझै बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मुलुकभरका ७५३ ओटै स्थानीयतहमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने योजना अझै कार्यान्वयनमा आउन सकेको छैन ।

नेपाल राष्ट्र बैंकले विसं २०७५ असार मसान्तभित्र नै सबै स्थानीयतहमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने लक्ष्य लिएको थियो । त्यसका लागि राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई स्थानीयतह तोकेर नै शाखा विस्तार गर्न निर्देशन दिएको थियो ।

तर, तोकिएको म्याद सकिएको दुई वर्ष वितिसक्दा पनि सबै स्थानीयतहमा वाणिज्य बैंक पुग्न सकेका छैनन् ।गत भदौसम्मको तथ्यांक अनुसार बैंकहरुका ७४७ ओटा शाखा स्थानीयतहमा पुगेको छ । जसअनुसार अब छ ओटा स्थानीयतहमा वाणिज्य बैंकको शाखा विस्तार हुन बाँकी रहेको छ ।

केन्द्रीय बैंकले विसं २०७४ को अन्त्यतिर यस सम्बन्धमा निर्देशन जारी गर्दा २९६ ओटा स्थानीयतहमा मात्र वाणिज्य बैंकको शाखा पुगेको थियो ।तोकिएको समय अर्थात् विसं २०७५ असारसम्ममा ६३१ ओटा स्थानीयतहमा मात्र वाणिज्य बैंकको शाखा विस्तार भएको थियो ।

त्यो अनुुसार हालसम्म आउँदा स्थानीयतहमा वाणिज्य बैंकको उपस्थिति ह्वात्तै बढेको छ । तर, छ ओटा स्थानीयतह भने अझै वाणिज्य बैंक बिहीन अवस्थामा रहेका छन् ।अब केहि दुर्गम ठाउँमामात्र शाखा विस्तार गर्न बाँकी रहेको केन्द्रीय बैंकले बताएको छ । दुर्गम ठाउँमा शाखा विस्तार गर्न प्राविधिक समस्या भएकाकारण बैंकहरुलाई यस सम्बन्धमा बढी कडाई नगरेको बताइएको छ ।

यद्यपि, बैंकहरु तोकिएको स्थानीयतहमा शाखा विस्तार गर्न तत्पर रहेको बैंकरहरु बताउँछन् । भौगोलिक विकटता, इन्टरनेटको समस्या लगायतका कारण विकट ठाउँहरूमा शाखा स्थापना गर्न नसकिएपछि राष्ट्र बैंकले उन्नति परियोजनामार्फत बैंकलाई शाखा विस्तार गर्न समय थप गरेको थियो । तर, त्यसकालागि कुनै समयसिमा भने तोकेको छैन ।

अब छिट्टै बाँकी रहेको स्थानीयतहमा बैंकको शाखा विस्तार हुने राष्ट्र बैंकले बताएको छ । तथ्यांकअनुसार प्रदेश नम्बर दुई, गण्डकी र लुम्बिनी प्रदेशका सबै स्थानीयतहमा वाणिज्य बैंकको शाखा पुगीसकेका छन् । प्रदेश नम्बर २ को १३६ ओटा, गण्डकीको ८५ ओटा र लुम्बिनीको १०९ ओटै स्थानीयतहमा वाणिज्य बैंकको शाखा  स्थापना भइसकेका छन् ।

यताप्रदेश नम्बर १ मा १३७ ओटा स्थानीयतहमध्ये एक,  वाग्मती प्रदेशमा १२९ ओटा मध्ये दुई, कर्णाली प्रदेशमा ७९ ओटामध्ये एक र सुदूरपश्चिम प्रदेशमा ८८ ओटामध्ये दुई ओटा स्थानीयतहमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी  रहेको छ । त्यसबाहेक अन्य स्थानीयतहमा वाणिज्य बैंकको शाखा पुगिसकेको तथ्यांकमा उल्लेख छ ।

यस्तै, मुलुकभर वाणिज्य बैंकहरुको कुल शाखा भने ४ हजार ५०५ ओटा रहेको छ । हाल नेपालमा वाणिज्य बैंकको संख्या २७ ओटा रहेको छ । ती बैंकहरुले भदौ मसान्तसम्म यतिका शाखा विस्तार गरेको हुन् । गत असारसम्म  मुलुकभर वाणिज्य बैंकको शाखा संख्या ४ हजार ४३६ ओटा रहेको थियो । विसं २०७६ को असार मसान्तसम्म भने वाणिज्य बैंकको शाखा संख्या ३ हजार ५८५ ओटा रहेको थियो । अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार