असोज २७, २०८३ मंगलबार October 13, 2026

कांग्रेस सहमहामन्त्रीमा रामहरी खतिवडा र अजयबाबु शिवाकोटी विजयी

इतर समूहबाट आएका खतिवडा एकजनामात्र पदाधिकारीमा निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २७ असोज । नेपाली कांग्रेसको खुलातर्फको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा दुई पदका लागि भएको प्रतिस्पर्धामा खतिवडा र शिवाकोटीले जित हासिल गरेका हुन्।

कांग्रेसको पदाधिकारीमा इतर समूहबाट आएका खतिवडा एकजनामात्र हालसम्म पदाधिकारीमा निर्वाचित भएका छन् । शिवाकोटी विशेष महाधिवेशनबाट आएको कार्यसमितिका सदस्य थिए । खतिवडा र शिवाकोटी दुवैले लोकप्रियताका आधारमा जित हासिल गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया