असोज २७, २०८३ मंगलबार October 13, 2026

ककरोच जनता पार्टीका सौरभ र आशुतोष फेरी पक्राउ

सामाजिक सञ्जाल एक्समा भिडियो सार्वजनिक गर्दै पार्टीका समर्थकहरू राष्ट्रिय झण्डा बोकेर जन्तरमन्तर पुग्ने प्रयास गर्दै दीपके

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। भारतको दिल्ली प्रहरीले ‘ककरोच जनता पार्टी’का सहसंयोजक सौरभ दास र आशुतोष रांकालाई फेरि नियन्त्रणमा लिएको छ।

जन्तरमन्तरतर्फ अघि बढ्ने प्रयास गर्दा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूसँगै पार्टीका अजिंक्य शिन्देसहित अन्य समर्थकलाई पनि नियन्त्रणमा लिइएको जनाइएको छ।

पार्टीका संस्थापक अभिजित दीपकेले सामाजिक सञ्जाल एक्समा भिडियो सार्वजनिक गर्दै पार्टीका समर्थकहरू राष्ट्रिय झण्डा बोकेर जन्तरमन्तर पुग्ने प्रयास गरिरहेको बताएका छन्।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै विरोध प्रदर्शन रोक्न नसकिने टिप्पणीसमेत गरेका छन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया